

सञ्चारगृहअगाडि शंकास्पद गाडी पार्किङ प्रकरण : ‘प्रेस स्वतन्त्रतामाथिको प्रत्यक्ष आक्रमण’ भएको कुलमान घिसिङको टिप्पणी
काठमाडौं। पूर्व नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक तथा उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सञ्चारगृहका कार्यालयअगाडि शंकास्पद रूपमा सवारीसाधन पार्क गरी त्रास सिर्जना गरिएको घटनाको निन्दा गरेका छन्। सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै उनले स्वतन्त्र प्रेसलाई डर, धम्की र आतंकको वातावरणमा धकेल्ने कुनै पनि प्रयास लोकतान्त्रिक मूल्य, संविधानले सुनिश्चित गरेको प्रेस स्वतन्त्रता र नागरिकको सुसूचित हुने अधिकारमाथिको प्रत्यक्ष आक्रमण भएको बताएका छन्।
घिसिङले पत्रकारले डर र त्रासमुक्त वातावरणमा स्वतन्त्र रूपमा समाचार सङ्कलन तथा सम्प्रेषण गर्न पाउनुपर्ने संवैधानिक अधिकारको रक्षा गर्न राज्य गम्भीर हुनुपर्ने उल्लेख गरेका छन्। उनले घटनाको निष्पक्ष, स्वतन्त्र र शीघ्र छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउन तथा यस्ता घटना पुनः नदोहोरिने गरी प्रभावकारी कदम चाल्न सम्बन्धित निकायसँग माग गरेका छन्। सोमबार बिहान कान्तिपुर पब्लिकेसन्स, अनलाइनखबर र हिमालय टेलिभिजनलगायत सञ्चारगृहका कार्यालयअगाडि शंकास्पद रूपमा निजी गाडी पार्क गरिएपछि प्रहरीले गाडी हटाएर घटनाबारे अनुसन्धान अघि बढाएको जनाएको छ।
समाज
थप सामाग्री
सडकमा बढ्दो बेथिति : न चालकमा धैर्यता, न पैदलयात्रुमा चेत, अनि दोष सधैँ ट्राफिक प्रहरीलाई ?
१४ घण्टा अगाडि
1.7kViews 139 Shares Share on Facebook Share on Twitter काठमाडौंका सडकमा हरेक दिन देखिने दृश्य अब सामान्य होइन, चिन्ताजनक बनिसकेको…





