पछिल्लो २४ घण्टामा देशभरका सडक दुर्घटनामा २ जनाको मृत्यु, ६४ जना घाइते

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा भएका विभिन्न सडक दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ भने ६४ जना घाइते भएका छन्। नेपाल प्रहरीले सार्वजनिक गरेको तथ्यांकअनुसार बागमती र कोशी प्रदेशमा १/१ जनाको मृत्यु भएको हो।

तथ्यांकअनुसार बागमती प्रदेशमा ४ जना घाइते भएका छन् भने काठमाडौं उपत्यकाभित्र भएका दुर्घटनामा मात्रै ११ जना घाइते भएका छन्। कोशी प्रदेशमा ८ जना घाइते भएका छन् भने मधेश प्रदेशमा कुनै मानवीय क्षति नभए पनि सबैभन्दा बढी २२ जना घाइते भएका छन्।

यस्तै, लुम्बिनी प्रदेशमा १३ जना, सुदूरपश्चिम प्रदेशमा ४ जना र कर्णाली प्रदेशमा २ जना घाइते भएका छन्।

नेपाल प्रहरीले सडक दुर्घटना न्यूनीकरणका लागि चालकलाई ट्राफिक नियमको पूर्ण पालना गर्न, तीव्र गतिमा सवारी नचलाउन, मादक पदार्थ सेवन गरेर सवारी सञ्चालन नगर्न तथा सवारी साधनको नियमित प्राविधिक परीक्षण गर्न आग्रह गरेको छ।

Facebook Comments Box
TOP
492 Shares