

अविरल वर्षापछि कान्तिलोकपथमा यातायात सञ्चालन रोक: एसपी गौतम मिश्रको आग्रह
काठमाडौं। अविरल वर्षाका कारण हुन सक्ने सम्भावित क्षतिलाई न्यूनीकरण गर्दै यात्रुहरूको सुरक्षा सुनिश्चित गर्न कान्तिलोकपथमा सवारीसाधन सञ्चालन अस्थायी रूपमा रोकिएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता तथा प्रहरी उपरीक्षक (एसपी) गौतम मिश्रले जानकारी दिएका छन्।
एसपी मिश्रका अनुसार मनसुन सक्रिय भएसँगै बाढी, पहिरो, लेदो बग्ने तथा सडक भासिने जोखिम उच्च भएकाले स्थानीय प्रशासनले यो निर्णय गरेको हो। उनले अर्को सूचना जारी नभएसम्म कान्तिलोकपथ हुँदै यात्रा नगर्न तथा यात्रा गर्नै परे सडकको अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न आग्रह गरेका छन्।
नेपाल प्रहरी र सडक विभागले पनि अविरल वर्षाका कारण सडक दुर्घटनाको जोखिम बढेकाले अत्यावश्यक कामबाहेक यात्रा नगर्न तथा सबै यात्रुलाई विशेष सतर्कता अपनाउन अनुरोध गरेका छन्।
समाज
थप सामाग्री
सडकमा बढ्दो बेथिति : न चालकमा धैर्यता, न पैदलयात्रुमा चेत, अनि दोष सधैँ ट्राफिक प्रहरीलाई ?
१६ घण्टा अगाडि
1.8kViews 139 Shares Share on Facebook Share on Twitter काठमाडौंका सडकमा हरेक दिन देखिने दृश्य अब सामान्य होइन, चिन्ताजनक बनिसकेको…





