

जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेका लागि विशेष राहत प्याकेज स्वीकृत
काठमाडौं । सरकारले जेन–जी आन्दोलनका सहिद परिवार तथा घाइतेहरूको पुनर्स्थापना, शिक्षा, स्वास्थ्य र सामाजिक सुरक्षालाई लक्षित गर्दै विशेष राहत प्याकेज स्वीकृत गरेको छ। गृहमन्त्री सुधन गुरुङका अनुसार मन्त्रिपरिषद्को निर्णयपछि सम्बन्धित सबै मन्त्रालयलाई सात दिनभित्र कार्यान्वयन प्रक्रिया अघि बढाउन निर्देशन दिइएको छ।
प्याकेजअन्तर्गत सहिदका परिवारका सदस्य तथा गम्भीर घाइतेलाई निःशुल्क शिक्षा, स्वास्थ्य बीमा, सहुलियतपूर्ण ऋण, सार्वजनिक यातायातमा छुट, स्वरोजगारका लागि विभिन्न सुविधा तथा सरकारी करार सेवामा प्राथमिकता दिने व्यवस्था गरिएको छ। साथै, आन्दोलनसँग सम्बन्धित केही मुद्दाको अध्ययन गर्न समिति गठन गर्ने, मृत्यु भएका परिवारलाई राहत उपलब्ध गराउने र गम्भीर घाइतेलाई कृत्रिम खुट्टा तथा ह्विलचेयर उपलब्ध गराउने निर्णय पनि गरिएको सरकारले जनाएको छ।
समाज
थप सामाग्री
सडकमा बढ्दो बेथिति : न चालकमा धैर्यता, न पैदलयात्रुमा चेत, अनि दोष सधैँ ट्राफिक प्रहरीलाई ?
१४ घण्टा अगाडि
1.7kViews 139 Shares Share on Facebook Share on Twitter काठमाडौंका सडकमा हरेक दिन देखिने दृश्य अब सामान्य होइन, चिन्ताजनक बनिसकेको…





