

इनिशा विक हत्या प्रकरणमा नयाँ मोड: फरेन्सिक रिपोर्टले ३ किशोर निर्दोष देखायो
काठमाडौं । सुर्खेतको वीरेन्द्रनगरमा १६ वर्षीया इनिशा विकको बलात्कार र हत्या प्रकरणमा थुनामा रहेका तीन जना किशोरको डीएनए घटनास्थल वा पीडितको शरीरबाट संकलित कुनै पनि नमुनासँग नमिलेको फरेन्सिक प्रतिवेदनले देखाएको छ।
केन्द्रीय विधि विज्ञान प्रयोगशालाको डीएनए र सेरोलोजी रिपोर्ट अनुसार पीडितको शरीर, कपडा र घटनास्थलबाट फेला परेका प्रमाणमा मुख्य अभियुक्त (प्रेमी भनिएका किशोर) को मात्रै डीएनए मेल खाएको उल्लेख गरिएको छ।
प्रतिवेदनमा थुनामा रहेका अन्य तीन किशोरको सामूहिक बलात्कारमा संलग्नता पुष्टि हुने कुनै वैज्ञानिक प्रमाण नभेटिएको जनाइएको छ। साथै, उनीहरूको शरीर वा कपडामा रगतका दागसमेत फेला नपरेको उल्लेख छ।
यसअघि प्रहरीले मुख्य अभियुक्तलाई बलात्कार र हत्यामा तथा अन्य तीन जनालाई समयमै अस्पताल नपुर्याएको अभियोगमा कारबाही सिफारिस गरेको थियो। तर, सरकारी वकिलको कार्यालयले चारै जनाविरुद्ध सामूहिक बलात्कार र हत्याको अभियोग दायर गरेको थियो।
फरेन्सिक प्रतिवेदन सार्वजनिक भएपछि थुनामा रहेका तीन किशोरले साधारण तारेखमा रिहा गर्न माग गर्दै सर्वोच्च अदालतमा निवेदन दिएका छन्।
समाज
थप सामाग्री-
रुकुम पूर्व केन्द्रबिन्दु भएर ५ म्याग्निच्युडको भूकम्प, वरपरका जिल्लामा धक्का महसुस
-
सत्ता, सामाजिक सञ्जाल र मिडिया नियन्त्रणको मोह : इतिहास दोहोर्याउने असफल प्रयास
-
बाढी–पहिरोको जोखिम बढेपछि सरकारको कडा निर्णय, जोखिम मूल्याङ्कनपछि मात्रै सवारी सञ्चालन
-
भारी वर्षाको चेतावनी : २१ जिल्लामा बाढीको मध्यम जोखिम, कोसी ब्यारेजका ढोका खोल्ने तयारी
-
देशभर मनसुनी प्रभाव कायम : आज र राति भारीदेखि अति भारी वर्षाको सम्भावना, बाढी–पहिरोको उच्च जोखिम
गृहमन्त्रीको फिल्ड अपरेशन : सक्रियता कि जिम्मेवारीको सीमामाथिको हस्तक्षेप ?
१ दिन अगाडि
2.2kViews 392 Shares Share on Facebook Share on Twitter गृहमन्त्री राज्यको आन्तरिक सुरक्षा व्यवस्थाको नेतृत्व गर्ने राजनीतिक जिम्मेवारीमा रहेका व्यक्ति…





