

फर्जी कागजातको आडमा ‘माननीय’ बनेका जगदीश वैद्य! सडक र पार्कसमेत आफ्नै नाममा राख्न सफल
काठमाडौं । विभिन्न सरकारी निकाय र राज्य संयन्त्रलाई लामो समयसम्म गुमराहमा पार्दै फर्जी कागजातको आडमा आफूलाई ‘माननीय’ भन्दै चिनाउने गरेका जगदीश वैद्यको गतिविधि सार्वजनिक भएको छ। उनीमाथि नक्कली कागजात प्रयोग गरी सरकारी निकायबाट समेत मान्यता दिलाउने प्रयास गरेको आरोप लागेको छ।
कालीकोटको तिलागुफा नगरपालिकाको राजपत्रमा वैद्यले आफ्नो नाममा सडक र पार्क नामकरण गराउन सफल भएपछि उनको गतिविधि थप चर्चामा आएको हो। उक्त घटनाले सरकारी अभिलेखमा समेत प्रभाव पार्न सक्ने गरी कागजातको दुरुपयोग भएको आशंका गरिएको छ।
आफूलाई ‘प्रा.डा.’ भनेर चिनाउने वैद्यले नेपालका ६७२ स्थानीय तहका प्रमुख सल्लाहकारका रूपमा काम गरिरहेको दाबी गर्दै आएका छन्। उनी जेभी फाउन्डेसनका केन्द्रीय अध्यक्षसमेत हुन्। विभिन्न स्थानीय तहका जनप्रतिनिधिले सामुदायिक भवन, विद्यालय, खानेपानी, सडक, पार्कलगायतका विकास निर्माणमा सहयोग गरेको भन्दै उनलाई ‘प्रमुख सल्लाहकार’को उपाधि प्रदान गर्दै आएका थिए।
यद्यपि, उनले प्रयोग गर्दै आएको ‘प्राध्यापक’ उपाधि आधिकारिक नभएको खुलेको छ। उपलब्ध विवरणअनुसार उनले कुनै पनि विश्वविद्यालयबाट प्राध्यापक पद प्राप्त गरेका छैनन्। सुदूरपश्चिम विश्वविद्यालयबाट मानार्थ विद्यावारिधि (Honorary Doctorate) प्राप्त गरेपछि भने ‘डाक्टर’ उपाधि प्रयोग गर्दै आएका छन्।
घटनाबारे सम्बन्धित निकायहरूले कागजातको वैधानिकता, उपाधिको प्रयोग तथा सरकारी अभिलेखमा भएको नामकरण प्रक्रियाबारे छानबिन गर्नुपर्ने माग उठ्न थालेको छ।
समाचार सोर्त : गोरखा पत्र
समाज
थप सामाग्री-
रुकुम पूर्व केन्द्रबिन्दु भएर ५ म्याग्निच्युडको भूकम्प, वरपरका जिल्लामा धक्का महसुस
-
सत्ता, सामाजिक सञ्जाल र मिडिया नियन्त्रणको मोह : इतिहास दोहोर्याउने असफल प्रयास
-
बाढी–पहिरोको जोखिम बढेपछि सरकारको कडा निर्णय, जोखिम मूल्याङ्कनपछि मात्रै सवारी सञ्चालन
-
भारी वर्षाको चेतावनी : २१ जिल्लामा बाढीको मध्यम जोखिम, कोसी ब्यारेजका ढोका खोल्ने तयारी
-
देशभर मनसुनी प्रभाव कायम : आज र राति भारीदेखि अति भारी वर्षाको सम्भावना, बाढी–पहिरोको उच्च जोखिम
गृहमन्त्रीको फिल्ड अपरेशन : सक्रियता कि जिम्मेवारीको सीमामाथिको हस्तक्षेप ?
१ दिन अगाडि
2.2kViews 392 Shares Share on Facebook Share on Twitter गृहमन्त्री राज्यको आन्तरिक सुरक्षा व्यवस्थाको नेतृत्व गर्ने राजनीतिक जिम्मेवारीमा रहेका व्यक्ति…





