

फर्जी कागजातको आडमा ‘माननीय’ बनेका जगदीश वैद्य ! आफ्नै नाममा सडक र पार्क, राज्य संयन्त्रसमेत गुमराहमा
काठमाडौं । लामो समयदेखि फर्जी कागजात र स्वघोषित उपाधिको आडमा विभिन्न सरकारी निकाय तथा स्थानीय तहलाई गुमराहमा पार्दै आएका जगदीश वैद्यको गतिविधि सार्वजनिक भएको छ। नक्कली कागजातकै आधारमा उनले आफूलाई ‘माननीय’, ‘प्रा.डा.’ र ६७२ स्थानीय तहका प्रमुख सल्लाहकार भन्दै चिनाउँदै हिँडेको तथ्य खुलेको हो।
सबैभन्दा गम्भीर विषय भने कालीकोटको तिलागुफा नगरपालिकाको राजपत्रमै आफ्नै नाममा सडक र पार्क नामकरण गराउन सफल भएको घटना हो। फर्जी कागजात र प्रभावको प्रयोग गरेर सार्वजनिक सम्पत्तिमा आफ्नो नाम जोड्न सफल भएको आरोपले राज्य संयन्त्रकै विश्वसनीयतामाथि प्रश्न उठाएको छ।
वैद्यले आफूलाई ‘प्राध्यापक डाक्टर’ भनेर प्रचार गर्दै आए पनि उनी कुनै पनि विश्वविद्यालयका प्राध्यापक नरहेको खुलेको छ। उनले सुदूरपश्चिम विश्वविद्यालयबाट प्राप्त मानार्थ विद्यावारिधि (Honorary Doctorate) लाई आधार बनाएर नियमित शैक्षिक उपाधिजस्तै ‘डा.’ प्रयोग गर्दै आएका छन् भने ‘प्राध्यापक’ उपाधि भने पूर्ण रूपमा स्वघोषित रहेको स्रोतले जनाएको छ।
यस्तै, जेभी फाउन्डेसनका केन्द्रीय अध्यक्षसमेत रहेका वैद्यले विभिन्न स्थानीय तहका जनप्रतिनिधिसँग निकटता बढाएर आफूलाई प्रमुख सल्लाहकार नियुक्त गराउँदै आएको दाबी गरेका छन्। सामुदायिक भवन, विद्यालय, सडक, पार्क, खानेपानीलगायतका योजनामा सहयोग गरेको भन्दै कतिपय स्थानीय तहले उनलाई सम्मान र जिम्मेवारीसमेत दिएका छन्।
तर अहिले सार्वजनिक भएका तथ्यहरूले ती सबै दाबी र उपाधिको वैधानिकतामाथि गम्भीर प्रश्न उठाएका छन्। फर्जी कागजातको प्रयोग, झुटा उपाधिको दुरुपयोग तथा सार्वजनिक निकायलाई भ्रममा पारेको विषयमा सम्बन्धित निकायले तत्काल छानबिन गरी कानुनी कारबाही अघि बढाउनुपर्ने माग समेत उठ्न थालेको छ।
राज्यका अभिलेख, राजपत्र र सार्वजनिक निर्णय प्रक्रियामा समेत फर्जी विवरण प्रवेश गर्न सफल भएको घटनाले सरकारी संयन्त्रको जाँच र प्रमाणीकरण प्रणाली कति कमजोर छ भन्ने प्रश्नसमेत उजागर गरेको छ।
समाचार सोर्त : गोरखा पत्र
समाज
थप सामाग्री-
रुकुम पूर्व केन्द्रबिन्दु भएर ५ म्याग्निच्युडको भूकम्प, वरपरका जिल्लामा धक्का महसुस
-
सत्ता, सामाजिक सञ्जाल र मिडिया नियन्त्रणको मोह : इतिहास दोहोर्याउने असफल प्रयास
-
बाढी–पहिरोको जोखिम बढेपछि सरकारको कडा निर्णय, जोखिम मूल्याङ्कनपछि मात्रै सवारी सञ्चालन
-
भारी वर्षाको चेतावनी : २१ जिल्लामा बाढीको मध्यम जोखिम, कोसी ब्यारेजका ढोका खोल्ने तयारी
-
देशभर मनसुनी प्रभाव कायम : आज र राति भारीदेखि अति भारी वर्षाको सम्भावना, बाढी–पहिरोको उच्च जोखिम
गृहमन्त्रीको फिल्ड अपरेशन : सक्रियता कि जिम्मेवारीको सीमामाथिको हस्तक्षेप ?
२ दिन अगाडि
2.3kViews 392 Shares Share on Facebook Share on Twitter गृहमन्त्री राज्यको आन्तरिक सुरक्षा व्यवस्थाको नेतृत्व गर्ने राजनीतिक जिम्मेवारीमा रहेका व्यक्ति…





