

विवादपछि ‘ताराबाजी लैलै’ युट्युबबाट हटाइयो, दुर्गेश थापा र प्रियंका कार्कीद्वारा सार्वजनिक क्षमायाचना

काठमाडौं । चलचित्र ‘मास्टर्नी’ को प्रचारका लागि सार्वजनिक गरिएको ‘ताराबाजी लैलै’ गीत तीव्र विवादपछि युट्युबबाट हटाइएको छ। गीतमा प्रयोग गरिएका केही शब्द र दृश्यले शिक्षक समुदायको गरिमा र सम्मानमा आँच पुर्याएको भन्दै देशभरबाट आलोचना भएपछि निर्माण पक्षले गीत हटाउने निर्णय गरेको हो।
गीत सार्वजनिक भएलगत्तै शिक्षक, अभिभावक तथा सामाजिक सञ्जाल प्रयोगकर्ताले त्यसमा शिक्षक पेसालाई अमर्यादित ढंगले प्रस्तुत गरिएको भन्दै कडा विरोध जनाएका थिए। विशेषगरी महिला शिक्षक र समग्र शिक्षण पेसालाई होच्याउने तथा समाजमा नकारात्मक सन्देश प्रवाह गर्ने सामग्री समावेश गरिएको आरोप लागेको थियो।
यस विषयमा सम्बन्धित निकायमा समेत उजुरी परेपछि विवाद थप चर्किएको थियो। उजुरीमा गीतमार्फत शिक्षक समुदायको सम्मानमा ठेस पुग्ने सामग्री समावेश गरिएको उल्लेख गरिएको छ।
विवाद बढ्दै गएपछि अभिनेत्री प्रियंका कार्की र गायक दुर्गेश थापा ले छुट्टाछुट्टै विज्ञप्ति जारी गर्दै सार्वजनिक रूपमा क्षमायाचना गरेका छन्।
प्रियंका कार्कीले कला र मनोरञ्जन प्रस्तुत गर्ने क्रममा शिक्षक समुदायप्रति कुनै पनि प्रकारको अपमानजनक सन्देश दिने उद्देश्य आफू वा निर्माण टोलीको नरहेको स्पष्ट पार्दै, अन्जानमा प्रस्तुतिले शिक्षकहरूको भावनामा चोट पुगेको स्वीकार गरेकी छन्। उनले व्यक्तिगत रूपमा तथा सम्पूर्ण निर्माण टोलीका तर्फबाट हृदयदेखि नै क्षमा मागेकी छन्।
यसअघि नेपाल शिक्षक महासंघ र नेपाल राहत शिक्षक राष्ट्रिय समिति ले संयुक्त विज्ञप्ति जारी गर्दै उक्त गीतले शिक्षक तथा शिक्षण पेसाको गरिमामाथि गम्भीर प्रहार गरेको ठहर गर्दै गीत तत्काल हटाउन र सम्बन्धित पक्षबाट सार्वजनिक रूपमा माफी माग्न माग गरेका थिए।
गीत हटाइएपछि निर्माण पक्षले शिक्षक समुदायको भावना र सुझावलाई सम्मान गर्दै आगामी दिनमा यस्ता विषयमा थप संवेदनशील हुने प्रतिबद्धता जनाएको छ।
समाज
थप सामाग्री-
सेनाको बन्दोबस्ती खरिदमा प्रश्नै प्रश्न : ५४ करोडको चुस्ता–डीएमएस बुटमा ‘भुक्तानी’ विवाद
-
पुसपछि नेपाल प्रहरीमा बढुवाको ‘ठूलो ढोका’ खुल्दै, डीएसपीसहित ३८ इन्स्पेक्टर बढुवाको तयारी
-
देशभर मनसुनी प्रभाव : विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना
-
आजको राशिफल : यी राशिका व्यक्तिका लागि दिन शुभ रहनेछ
-
रुपन्देही प्रहरीमाथि सेटिङको आरोप, एसपी शाहीको भूमिका के ?
बालबालिकाको पीडामाथि ‘रिहाब’को व्यापार ! कपनको अँध्यारो खेलमाथि राज्यले अब आँखा खोल्नैपर्छ
१८ घण्टा अगाडि
1.1kViews 15 Shares Share on Facebook Share on Twitter कपनमा उठेको ‘रिहाब सेन्टर’ सम्बन्धी विवादलाई सामान्य प्रशासनिक विषय ठानेर पन्छाउने…





