गाउँ रित्तिन थालेपछि छथर गाउँपालिकाको नयाँ योजना: धेरै सन्तान जन्माए नगद प्रोत्साहन

तेह्रथुम । बढ्दो बसाइँसराइ र घट्दो जन्मदरका कारण गाउँ रित्तिन थालेपछि तेह्रथुमको छथर गाउँपालिकाले धेरै सन्तान जन्माउने परिवारलाई नगद प्रोत्साहन दिने योजना लागू गरेको छ।

‘बालबालिका जीवन सुरक्षा कार्यक्रम’ अन्तर्गत जन्मिने प्रत्येक बालबालिकाको नाममा बचत गरिनेछ। संशोधित कार्यविधिअनुसार पहिलो सन्तानका लागि ५ हजार, दोस्रोका लागि १० हजार, तेस्रोका लागि १५ हजार तथा चौथो र सोभन्दा माथिका सन्तानका लागि २० हजार रुपैयाँ बचत गरिने व्यवस्था गरिएको छ।

गाउँपालिका अध्यक्ष सन्तवीर लिम्बूका अनुसार कार्यक्रमको उद्देश्य घट्दो जन्मदरलाई सम्बोधन गर्नुका साथै बालबालिकाको भविष्य सुरक्षित गर्नु हो।

चालु आर्थिक वर्षमा पहिलो सन्तानका २५, दोस्रोका ३३, तेस्रोका १०, चौथोका ४ तथा पाँचौँ र छैटौँ सन्तानका एक–एक जना यस कार्यक्रमबाट लाभान्वित भएका छन्।

गाउँपालिकाले ज्येष्ठ नागरिक एकल पुरुष सम्मान, घरदैलो स्वास्थ्य सेवा, जनता आवास, मलामी खाजा सहयोग, भोका नागरिकलाई खाना तथा खाद्य रोजगारी कार्यक्रम समेत सञ्चालन गर्दै सामाजिक सुरक्षाका कार्यक्रम विस्तार गरेको जनाएको छ।

Facebook Comments Box
गृहमन्त्रीको फिल्ड अपरेशन : सक्रियता कि जिम्मेवारीको सीमामाथिको हस्तक्षेप ?
१ दिन अगाडि

2.2kViews 392 Shares Share on Facebook Share on Twitter गृहमन्त्री राज्यको आन्तरिक सुरक्षा व्यवस्थाको नेतृत्व गर्ने राजनीतिक जिम्मेवारीमा रहेका व्यक्ति…

TOP
368 Shares