

सर्लाहीमा कुखुरा फार्मबाट ३३० किलो गाँजा बरामद, एक जना पक्राउ

2.8kViews
145
Shares
सर्लाही । सर्लाहीको बलरा नगरपालिकास्थित एक कुखुरा फार्मबाट प्रहरीले ३३० किलोग्राम लागूऔषध गाँजा बरामद गरेको छ। घटनामा संलग्न रहेको आरोपमा एक जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार शनिबार दिउँसो बलरा नगरपालिका–७, डुमरियास्थित भोला सिंहको कुखुरा फार्ममा पिकअप गाडीबाट गाँजा अनलोड भइरहेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरी चौकी मधुवनीगाउँ र इलाका प्रहरी कार्यालय गडहियाको संयुक्त टोलीले छापा मारेको थियो।
छापामार कारबाहीका क्रममा फार्मबाट ३३० किलोग्राम गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ। पक्राउ परेका व्यक्तिमाथि लागूऔषध सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको छ।
Facebook Comments Box
समाज
थप सामाग्री-
आज भदौ २५ गते बिहीबार, यस्तो छ तपाईंको राशिफल
-
भोटेकोशी बाढी : ललितपुरमा १५७ जना अझै बेपत्ता, ४१ विदेशी नागरिकको खोजी जारी
-
मनसुनी वायुको प्रभाव कायमै, सातै प्रदेशमा वर्षाको सम्भावना
-
रामपुर खाप छोटी भन्सार पुनः सुचारु गर्न माग गर्दै आजदेखि रिले अनसनका साथै प्रदर्शन गर्दै
-
आज भदौ २४ गते बुधबार, यस्तो छ तपाईको राशिफल
कालसिङ्गे खोला तर्ने क्रममा १७ वर्षीय किशोर बेपत्ता
१ दिन अगाडि
850Views 15 Shares Share on Facebook Share on Twitter धनगढी । बाजुराको जगन्नाथ गाउँपालिकामा खोला तर्ने क्रममा एक किशोर बगेर…





