

सुनसरीमा हट्यो अनिश्चितकालीन कर्फ्यु, सुरक्षा अवस्था सामान्य बन्दै

विराटनगर । सुनसरी जिल्लामा जारी गरिएको अनिश्चितकालीन कर्फ्यु आदेश हटाइएको छ। जिल्ला प्रशासन कार्यालय सुनसरीले बुधबार सूचना जारी गर्दै साउन ११ गते राति ९ बजेदेखि लागू गरिएको कर्फ्यु आदेश आज बिहान १२ः१५ बजेदेखि पूर्ण रूपमा हटाइएको जनाएको हो।
प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालद्वारा जारी सूचनामा स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(क) बमोजिम जारी गरिएको कर्फ्यु हटाइएको उल्लेख छ। यससँगै तोकिएको क्षेत्रभित्र आवतजावत, भेला, जुलुस, प्रदर्शन, सभा, बैठक तथा घेराउमा लगाइएको प्रतिबन्धसमेत फुकुवा भएको छ।
यसअघि केन्द्रीय सुरक्षा समितिको निर्णयपछि जिल्ला प्रशासन कार्यालय सुनसरीले सम्भावित सुरक्षा जोखिमलाई मध्यनजर गर्दै कर्फ्यु आदेश जारी गरेको थियो। इनरुवा नगरपालिका–३ र ६ को पूर्वी सीमाअन्तर्गत महेन्द्र राजमार्गको घोपाली टोलदेखि पश्चिममा कोशी ब्यारेजको पुलसम्म तथा राजमार्गको उत्तर र दक्षिणतर्फ २०० मिटर क्षेत्रभित्र कर्फ्यु लागू गरिएको थियो।
कप्तानगञ्जमा भएको साम्प्रदायिक तनावपछि शान्ति सुरक्षा कायम गर्न प्रशासनले कडा कदम चालेको थियो। देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा हिन्दु र मुस्लिम समुदायबीच आइतबार राति भएको झडप नियन्त्रणका क्रममा गोली लागेर ३० वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएपछि स्थानीय क्षेत्रमा तनाव बढेको थियो।
घटनापछि प्रशासन, सुरक्षा निकाय र स्थानीय सरोकारवालाहरूको सक्रिय पहलमा अवस्था नियन्त्रणमा आएको र सामाजिक सद्भाव कायम गर्ने प्रयास भइरहेको जनाइएको छ। कर्फ्यु हटेसँगै सुनसरीमा जनजीवन क्रमशः सामान्य बन्दै गएको छ।
प्रशासनले शान्ति सुरक्षा कायम राख्न सबै पक्षलाई संयमित रहन, सामाजिक सद्भाव कायम गर्न र कुनै पनि किसिमका उत्तेजक गतिविधिमा संलग्न नहुन आग्रह गरेको छ।
समाज
थप सामाग्री-
आज भदौ २५ गते बिहीबार, यस्तो छ तपाईंको राशिफल
-
भोटेकोशी बाढी : ललितपुरमा १५७ जना अझै बेपत्ता, ४१ विदेशी नागरिकको खोजी जारी
-
मनसुनी वायुको प्रभाव कायमै, सातै प्रदेशमा वर्षाको सम्भावना
-
रामपुर खाप छोटी भन्सार पुनः सुचारु गर्न माग गर्दै आजदेखि रिले अनसनका साथै प्रदर्शन गर्दै
-
आज भदौ २४ गते बुधबार, यस्तो छ तपाईको राशिफल
कालसिङ्गे खोला तर्ने क्रममा १७ वर्षीय किशोर बेपत्ता
१ दिन अगाडि
900Views 15 Shares Share on Facebook Share on Twitter धनगढी । बाजुराको जगन्नाथ गाउँपालिकामा खोला तर्ने क्रममा एक किशोर बगेर…





