

तमोर करिडोरमा ब्रेक फेल भएर ट्रक दुर्घटना, आगलागीमा चालकको मृत्यु

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिका–४ फलामेटारस्थित तमोर–करिडोर सडकखण्डमा ट्रक दुर्घटना हुँदा चालकको जलेर मृत्यु भएको छ।
प्रहरीका अनुसार विराटनगरबाट ताप्लेजुङतर्फ जलविद्युत् आयोजनाका सामग्री बोकेर जाँदै गरेको प्रदेश १–०२–००१ क ५३६३ नम्बरको ट्रक ब्रेक फेल भई दुर्घटनामा परेको हो।
ब्रेक फेल भएपछि अनियन्त्रित बनेको ट्रक सडकको भित्तामा ठोक्किएलगत्तै अचानक आगलागी भएको प्रहरीले जनाएको छ। घटनाको जानकारी पाएलगत्तै अस्थायी प्रहरी पोस्ट फलामेटार र जिल्ला प्रहरी कार्यालय धनकुटाबाट खटिएको प्रहरी टोली घटनास्थल पुगेको थियो।
आगलागीले ट्रकको अगाडिको भाग पूर्ण रूपमा जलेको थियो। दुर्घटनामा भोजपुरका ३० वर्षीय चालक विशाल राई ट्रकबाट बाहिर निस्कन सफल भए पनि गम्भीर रूपमा जलेका कारण घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा ट्रकका सहचालक तेह्रथुमको म्याङ्लुङ नगरपालिका–९ का १८ वर्षीय सञ्जीव सङ्ग्रौला भने सकुशल रहेका छन्।
प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ। प्रारम्भिक विवरणअनुसार ब्रेक फेल हुनु नै दुर्घटनाको मुख्य कारण रहेको देखिएको छ।
समाज
थप सामाग्री-
आज भदौ २५ गते बिहीबार, यस्तो छ तपाईंको राशिफल
-
भोटेकोशी बाढी : ललितपुरमा १५७ जना अझै बेपत्ता, ४१ विदेशी नागरिकको खोजी जारी
-
मनसुनी वायुको प्रभाव कायमै, सातै प्रदेशमा वर्षाको सम्भावना
-
रामपुर खाप छोटी भन्सार पुनः सुचारु गर्न माग गर्दै आजदेखि रिले अनसनका साथै प्रदर्शन गर्दै
-
आज भदौ २४ गते बुधबार, यस्तो छ तपाईको राशिफल
कालसिङ्गे खोला तर्ने क्रममा १७ वर्षीय किशोर बेपत्ता
१ दिन अगाडि
850Views 15 Shares Share on Facebook Share on Twitter धनगढी । बाजुराको जगन्नाथ गाउँपालिकामा खोला तर्ने क्रममा एक किशोर बगेर…





