PR लिएर सम्पर्कविहीन रहेका दुई नापी अधिकृतलाई अन्तिम ३० दिने स्पष्टीकरण, कारबाही प्रक्रिया अघि बढ्यो

काठमाडौं । विदेशी स्थायी आवासीय अनुमति (PR) लिएर लामो समयदेखि कार्यालयमा अनुपस्थित रहेका दुई नापी अधिकृतविरुद्ध सरकारले कारबाही प्रक्रिया अघि बढाएको छ।

सम्बन्धित मन्त्रालयले दोस्रो पटक ३० दिनभित्र चित्तबुझ्दो स्पष्टीकरण पेश गर्न निर्देशन दिँदै तोकिएको अवधिभित्र सन्तोषजनक जवाफ नआए उनीहरूलाई भविष्यमा सरकारी सेवाका लागि समेत अयोग्य ठहरिने गरी कानुनी कारबाही गरिने जनाएको छ।

मन्त्रालयका अनुसार यसअघि पनि स्पष्टीकरण मागिएको भए पनि प्राप्त जवाफ पर्याप्त नभएकाले अन्तिम अवसरस्वरूप पुनः ३० दिनको म्याद दिइएको हो।

प्रचलित कानुनअनुसार बहालवाला निजामती कर्मचारीले विदेशी मुलुकको स्थायी आवासीय अनुमति (PR) लिन वा त्यसका लागि आवेदन दिन पाउँदैनन्। साथै स्वीकृत बिदा सकिएपछि तोकिएको अवधिभित्र कार्यालयमा हाजिर हुनुपर्ने कानुनी व्यवस्था रहेको मन्त्रालयले स्मरण गराएको छ।

तोकिएको समयभित्र प्रमाणसहित चित्तबुझ्दो स्पष्टीकरण पेश नगरे निजामती सेवा ऐनबमोजिम आवश्यक कानुनी प्रक्रिया पूरा गरी कारबाही अघि बढाइने मन्त्रालयले स्पष्ट गरेको छ।

सरकारले विदेशमा बसोबास गर्दै लामो समयदेखि सम्पर्कविहीन रहेका अन्य सरकारी कर्मचारीहरूको अवस्थाबारे पनि अध्ययन तथा छानबिनलाई तीव्र बनाएको जनाएको छ।

Facebook Comments Box
बालबालिकाको पीडामाथि ‘रिहाब’को व्यापार ! कपनको अँध्यारो खेलमाथि राज्यले अब आँखा खोल्नैपर्छ
१७ घण्टा अगाडि

1.1kViews 15 Shares Share on Facebook Share on Twitter कपनमा उठेको ‘रिहाब सेन्टर’ सम्बन्धी विवादलाई सामान्य प्रशासनिक विषय ठानेर पन्छाउने…

TOP
487 Shares