नारायणी अस्पतालका चिकित्सकको सामूहिक राजीनामा, आकस्मिक सेवा पनि प्रभावित

वीरगन्ज । वीरगन्जस्थित नारायणी अस्पतालका चिकित्सकहरूले सामूहिक राजीनामा दिएका छन्। अस्पतालमा भएको तोडफोड तथा चिकित्सकमाथि भएको कुटपिटको विरोधमा उनीहरूले आन्दोलनलाई थप सशक्त बनाएका हुन्।

चिकित्सकहरूले अस्पतालमा भएको आक्रमण र त्यसपछिको घटनामा प्रशासनले दुर्व्यवहार गरेको आरोप लगाउँदै प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी प्रमुख (एसपी)को राजीनामा माग गरेका छन्। माग सम्बोधन नभएपछि सामूहिक राजीनामा बुझाइएको हो।

नारायणी अस्पतालका चिकित्सक डा. उदयनारायण सिंहका अनुसार अस्पतालका करिब ७० चिकित्सकमध्ये झण्डै ४० जनाले मेडिकल सुपरिन्टेन्डेन्ट डा. चित्तरञ्जन साहसमक्ष राजीनामा बुझाइसकेका छन्। बाँकी चिकित्सकको हस्ताक्षर संकलन भइरहेको र सबैले राजीनामा दिने तयारीमा रहेको उनले बताए।

आन्दोलनका कारण नारायणी अस्पतालको आकस्मिक सेवा समेत प्रभावित भएको छ। गत साउन ८ गते अस्पतालमा डा. प्रमोद राममाथि कुटपिट, स्वास्थ्यकर्मीमाथि आक्रमण तथा अस्पतालमा तोडफोड भएको थियो। घाइते डा. रामको हाल राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ।

घटनामा संलग्न दोषीमाथि कडा कारबाहीको माग गर्दै चिकित्सकहरूले देशभर ओपीडी सेवा प्रभावित पार्दै आन्दोलन जारी राखेका छन्।

Facebook Comments Box
बालबालिकाको पीडामाथि ‘रिहाब’को व्यापार ! कपनको अँध्यारो खेलमाथि राज्यले अब आँखा खोल्नैपर्छ
१७ घण्टा अगाडि

1.1kViews 15 Shares Share on Facebook Share on Twitter कपनमा उठेको ‘रिहाब सेन्टर’ सम्बन्धी विवादलाई सामान्य प्रशासनिक विषय ठानेर पन्छाउने…

TOP
497 Shares