इन्धन सस्तो भए पनि बागमतीमा सार्वजनिक यातायातको भाडा यथावत, यात्रु मर्कामा

इन्धन सस्तो भए पनि बागमतीमा सार्वजनिक यातायातको भाडा यथावत, यात्रु मर्कामा

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य घटेको झण्डै एक महिना बितिसक्दा पनि बागमती प्रदेश सरकारले प्रदेशभित्र सञ्चालन हुने सार्वजनिक यातायातको भाडा समायोजन नगर्दा सर्वसाधारण महँगो भाडा तिर्न बाध्य भएका छन्।

नेपाल आयल निगमले गत असार १७ गतेदेखि पेट्रोलियम पदार्थको मूल्य घटाएपछि संघीय सरकारले अन्तरप्रदेश सार्वजनिक यातायातको भाडा समायोजन गरे पनि बागमती प्रदेशभित्र र काठमाडौं उपत्यकामा सञ्चालन हुने सार्वजनिक यातायातको भाडा भने हालसम्म घटाइएको छैन।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष पुण्यप्रसाद सिटौला (सरोज)ले प्रदेश सरकारले वैज्ञानिक आधारमा भाडा समायोजन गर्न ढिलाइ गर्दा यात्रुहरू प्रत्यक्ष रूपमा प्रभावित भएको बताएका छन्।

यता, बागमती प्रदेश सरकारका अनुसार मन्त्रालयको जिम्मेवारी हेरफेरका कारण प्रक्रिया केही ढिलो भएको भए पनि केही दिनभित्रै प्रदेशभित्रको सार्वजनिक यातायातको नयाँ भाडादर निर्धारण गरिने तयारी भइरहेको जनाएको छ।

Facebook Comments Box
बालबालिकाको पीडामाथि ‘रिहाब’को व्यापार ! कपनको अँध्यारो खेलमाथि राज्यले अब आँखा खोल्नैपर्छ
१८ घण्टा अगाडि

1.1kViews 15 Shares Share on Facebook Share on Twitter कपनमा उठेको ‘रिहाब सेन्टर’ सम्बन्धी विवादलाई सामान्य प्रशासनिक विषय ठानेर पन्छाउने…

TOP
461 Shares