जापानमा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प, सुनामीको चेतावनी जारी

काठमाडौं । दक्षिणपश्चिमी जापानमा मंगलबार ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएपछि जापान मौसम विज्ञान विभागले सुनामीको चेतावनी जारी गरेको छ। भूकम्पको केन्द्र क्युशु टापु आसपास रहेको जनाइएको छ।

विभागका अनुसार सुनामीका छालहरू एक मिटरसम्म उचाइका हुन सक्ने अनुमान गरिएको छ। जापानी सार्वजनिक प्रसारक एनएचकेका अनुसार केही क्षेत्रमा प्रारम्भिक सुनामीका छालहरू रेकर्ड भइसकेको हुन सक्ने बताइएको छ।

जापान विश्वकै सबैभन्दा भूकम्पीय रूपमा सक्रिय मुलुकमध्ये एक हो। प्रशान्त महासागरको ‘रिङ अफ फायर’ क्षेत्रमा अवस्थित भएकाले यहाँ हरेक वर्ष सयौँ भूकम्प आउने गर्छन्। विश्वभर हुने भूकम्पमध्ये करिब १८ प्रतिशत जापान आसपासको क्षेत्रमा हुने अनुमान गरिएको छ।

यस घटनाले सन् २०११ मा आएको ९.० म्याग्निच्युडको विनाशकारी भूकम्प र त्यसपछि आएको सुनामीको सम्झना गराएको छ। उक्त विपद्मा करिब १८ हजार ५०० जनाको ज्यान गएको थियो।

अधिकारीहरूले तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन, स्थानीय प्रशासनको निर्देशन पालना गर्न तथा आवश्यक परे सुरक्षित स्थानतर्फ जान आग्रह गरेका छन्।

Facebook Comments Box
बालबालिकाको पीडामाथि ‘रिहाब’को व्यापार ! कपनको अँध्यारो खेलमाथि राज्यले अब आँखा खोल्नैपर्छ
१८ घण्टा अगाडि

1.1kViews 15 Shares Share on Facebook Share on Twitter कपनमा उठेको ‘रिहाब सेन्टर’ सम्बन्धी विवादलाई सामान्य प्रशासनिक विषय ठानेर पन्छाउने…

TOP
439 Shares