

भारतले प्रधानमन्त्री बालेन शाहलाई औपचारिक भ्रमणको निमन्त्रणा

काठमाडौं । भारत सरकारले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई औपचारिक भारत भ्रमणको निमन्त्रणा दिएको छ। भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले मंगलबार आयोजित नियमित मिडिया ब्रिफिङका क्रममा प्रधानमन्त्री शाहलाई औपचारिक निमन्त्रणा पठाइएको जानकारी दिएका हुन्।
प्रवक्ता जैसवालका अनुसार भ्रमणको मिति भने दुवै देशबीचको आपसी सहमतिअनुसार तय गरिनेछ। उनले नेपाल–भारत सम्बन्धलाई थप सुदृढ बनाउन उच्चस्तरीय भ्रमणहरू महत्त्वपूर्ण हुने उल्लेख गरेका छन्।
प्रधानमन्त्री शाहले पदभार ग्रहण गरेपछि नेपालले छिमेकी मुलुकहरूसँगको कूटनीतिक संलग्नतालाई तीव्रता दिँदै आएको छ। यसअघि सरकारका तर्फबाट परराष्ट्रमन्त्री शिशिर खनालले भारत र चीनको औपचारिक भ्रमण गरिसकेका छन्।
यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पनि हालै भारत भ्रमण गरेका थिए। उनी निकट भविष्यमा चीन भ्रमणमा जाने तयारीमा रहेको बताइएको छ।
समाज
थप सामाग्री-
आज भदौ २५ गते बिहीबार, यस्तो छ तपाईंको राशिफल
-
भोटेकोशी बाढी : ललितपुरमा १५७ जना अझै बेपत्ता, ४१ विदेशी नागरिकको खोजी जारी
-
मनसुनी वायुको प्रभाव कायमै, सातै प्रदेशमा वर्षाको सम्भावना
-
रामपुर खाप छोटी भन्सार पुनः सुचारु गर्न माग गर्दै आजदेखि रिले अनसनका साथै प्रदर्शन गर्दै
-
आज भदौ २४ गते बुधबार, यस्तो छ तपाईको राशिफल
कालसिङ्गे खोला तर्ने क्रममा १७ वर्षीय किशोर बेपत्ता
१ दिन अगाडि
900Views 15 Shares Share on Facebook Share on Twitter धनगढी । बाजुराको जगन्नाथ गाउँपालिकामा खोला तर्ने क्रममा एक किशोर बगेर…





