

देवानगञ्ज घटनाः सर्वपक्षीय बैठक बस्न सकेन, नयाँ सीडीओद्वारा पीडित परिवारसँग भेटघाटको तयारी

सुनसरी । सुनसरीको देवानगञ्जमा भएको घटनापछि अवस्था सामान्य बनाउन प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालले मंगलबार बोलाएको सर्वपक्षीय बैठक पर्याप्त सहभागिता नपुग्दा बस्न सकेन।
प्रजिअ अर्यालका अनुसार बैठकमा केही राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिबाहेक अन्य सरोकारवाला उपस्थित नभएपछि बैठक स्थगित गर्नुपरेको हो। उनले देवानगञ्जसहित पाँच स्थानीय तहका प्रमुख, प्रदेश सांसद तथा संघीय सांसदलाई बैठकमा बोलाइएको जानकारी दिए।
घटनापछि संखुवासभाबाट सरुवा भई सुनसरी आएका प्रजिअ अर्यालले अहिले पीडित परिवार, घाइतेका आफन्त तथा स्थानीय समुदायसँग भेटघाट गर्दै घटनालाई साम्य पार्न समन्वयात्मक पहल भइरहेको बताए।
यसअघि तत्कालीन प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले बोलाएको सर्वदलीय बैठकले शान्ति र सद्भाव कायम राख्न अपिल गर्नेबाहेक कुनै ठोस निर्णय गर्न सकेको थिएन।
घटनापछि सरकारले प्रशासन र सुरक्षा नेतृत्वमा व्यापक हेरफेर गरेको छ। पूर्व सीडीओ बासुदेव घिमिरेलाई गृह मन्त्रालय फिर्ता बोलाइएको छ भने कोशी प्रदेश प्रहरी प्रमुख डिआईजी विनोद घिमिरे, सुनसरी प्रहरी प्रमुख एसपी केशव थेवे तथा सशस्त्र प्रहरीका डिएसपी नन्दकिशोर महतोलाई पनि फिर्ता बोलाइएको छ।
उनीहरूको स्थानमा कोशी प्रदेश प्रहरी प्रमुखमा डिआईजी शेखर खनाल, सुनसरी प्रहरी प्रमुखमा एसपी पुष्पराज मल्ल तथा कप्तानगञ्जमा सशस्त्र प्रहरीका डिएसपी मदन नाथलाई जिम्मेवारी दिइएको छ।
समाज
थप सामाग्री-
सेनाको बन्दोबस्ती खरिदमा प्रश्नै प्रश्न : ५४ करोडको चुस्ता–डीएमएस बुटमा ‘भुक्तानी’ विवाद
-
पुसपछि नेपाल प्रहरीमा बढुवाको ‘ठूलो ढोका’ खुल्दै, डीएसपीसहित ३८ इन्स्पेक्टर बढुवाको तयारी
-
देशभर मनसुनी प्रभाव : विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना
-
आजको राशिफल : यी राशिका व्यक्तिका लागि दिन शुभ रहनेछ
-
रुपन्देही प्रहरीमाथि सेटिङको आरोप, एसपी शाहीको भूमिका के ?
बालबालिकाको पीडामाथि ‘रिहाब’को व्यापार ! कपनको अँध्यारो खेलमाथि राज्यले अब आँखा खोल्नैपर्छ
१८ घण्टा अगाडि
1.1kViews 15 Shares Share on Facebook Share on Twitter कपनमा उठेको ‘रिहाब सेन्टर’ सम्बन्धी विवादलाई सामान्य प्रशासनिक विषय ठानेर पन्छाउने…





