

भारतीय सहयोगमा प्राप्त एम्बुलेन्स निजी रूपमा चलाएको आरोपमा पूर्व वडाध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । धनुषाको विदेह नगरपालिका–५ का तत्कालीन वडाध्यक्ष विजयकुमार यादवविरुद्ध भारतीय सरकारको सहयोगमा प्राप्त एम्बुलेन्सलाई निजी सम्पत्तिसरह सञ्चालन गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।
अख्तियारका अनुसार भारतीय राजदूतावासले २०७७ असोज १४ गते वडाबासीलाई निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने उद्देश्यले एम्बुलेन्स हस्तान्तरण गरेको थियो। तर यादवले एम्बुलेन्सलाई वडा कार्यालयको जिन्सी अभिलेखमा दर्ता नगरी आफ्नै नियन्त्रणमा राख्दै करिब ३ वर्ष ५ महिनासम्म निजी प्रयोजनका लागि सञ्चालन गरेको आरोप छ।
अनुसन्धानका क्रममा एम्बुलेन्स ३० हजार १८५ किलोमिटर सञ्चालन भएको देखिए पनि त्यसको लगबुक, इन्धन खर्च तथा आम्दानीको कुनै आधिकारिक अभिलेख नराखिएको अख्तियारले जनाएको छ।
नेपाल रेडक्रस सोसाइटी धनुषाको एम्बुलेन्स भाडादरका आधारमा हिसाब गर्दा सार्वजनिक सम्पत्तिमा रु. १५ लाख ९ हजार २५० बराबरको हानि–नोक्सानी पुगेको आयोगको दाबी छ। अनुसन्धानका क्रममा यादवले रु. ३ लाख ८१ हजार ५९७ बुझाइसकेका भए पनि बाँकी रु. ११ लाख २७ हजार ६५३ असुल गर्नुपर्ने अख्तियारले जनाएको छ।
अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम बिगो असुल, जरिवाना तथा कैद सजायको माग गर्दै विशेष अदालत काठमाडौंमा आरोपपत्र दर्ता गरेको जनाएको छ।
समाज
थप सामाग्री-
सेनाको बन्दोबस्ती खरिदमा प्रश्नै प्रश्न : ५४ करोडको चुस्ता–डीएमएस बुटमा ‘भुक्तानी’ विवाद
-
पुसपछि नेपाल प्रहरीमा बढुवाको ‘ठूलो ढोका’ खुल्दै, डीएसपीसहित ३८ इन्स्पेक्टर बढुवाको तयारी
-
देशभर मनसुनी प्रभाव : विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना
-
आजको राशिफल : यी राशिका व्यक्तिका लागि दिन शुभ रहनेछ
-
रुपन्देही प्रहरीमाथि सेटिङको आरोप, एसपी शाहीको भूमिका के ?
बालबालिकाको पीडामाथि ‘रिहाब’को व्यापार ! कपनको अँध्यारो खेलमाथि राज्यले अब आँखा खोल्नैपर्छ
१८ घण्टा अगाडि
1.1kViews 15 Shares Share on Facebook Share on Twitter कपनमा उठेको ‘रिहाब सेन्टर’ सम्बन्धी विवादलाई सामान्य प्रशासनिक विषय ठानेर पन्छाउने…





