देशभर मनसुनी प्रभाव कायम, पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना

काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायम रहेको भन्दै मौसम पूर्वानुमान महाशाखाले आज पनि अधिकांश भूभागमा वर्षाको सम्भावना रहेको जनाएको छ। महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भूभागमा सरदर स्थानको आसपास तथा पश्चिमी भूभागमा सरदरभन्दा उत्तरतर्फ अवस्थित छ।
यसको प्रभावले हाल कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्यदेखि पूर्ण बदली रहेको छ भने मधेस, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रमा आंशिक बदली रहेको छ। बागमती प्रदेशका केही स्थान तथा कोशी, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ।
आज दिउँसो देशका हिमाली तथा पहाडी भूभागका अधिकांश क्षेत्रमा सामान्यदेखि पूर्ण बदली रहनेछ। बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागमा पनि सामान्य बदली रहनेछ भने मधेस प्रदेश र कोशी प्रदेशको तराई क्षेत्रमा आंशिक बदली रहने अनुमान गरिएको छ।
महाशाखाका अनुसार हिमाली भूभागका केही स्थानमा तथा देशका पहाडी भूभागका धेरै स्थानमा चट्याङ्गसहित मध्यम वर्षा हुने सम्भावना छ। बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थान तथा कोशी प्रदेशको तराई र मधेस प्रदेशका थोरै स्थानमा पनि चट्याङ्गसहित मध्यम वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।
यस्तै, कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम प्रदेशका तराईका एक–दुई स्थानमा पनि भारी वर्षा हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।
आज राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। हिमाली भूभागका थोरै स्थानमा तथा पहाडी भूभागका केही स्थानमा चट्याङ्गसहित मध्यम वर्षा हुने सम्भावना रहेको छ। तराईका थोरै स्थानमा पनि चट्याङ्गसहित वर्षा हुन सक्ने अनुमान गरिएको छ।
महाशाखाका अनुसार रातिको समयमा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले नदी, खोला आसपासका बासिन्दा, यात्रु तथा पहिरोको जोखिम भएका क्षेत्रमा विशेष सावधानी अपनाउन अनुरोध गरिएको छ।

Facebook Comments Box
कागे अष्टमीमा कागेश्वरी महादेव मन्दिरमा भक्तजनको घुइँचो, काग दोष निवारणको विश्वास
१ दिन अगाडि

1.3kViews 15 Shares Share on Facebook Share on Twitter काठमाडौं । प्रत्येक वर्ष भाद्र शुक्ल अष्टमीका दिन मनाइने कागे अष्टमी…

TOP
302 Shares