

स्थानीय बजारमा सुन र चाँदीको मूल्य बढ्यो

काठमाडौं, साउन १५ — स्थानीय बजारमा आज सुन र चाँदीको मूल्यमा वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबारको तुलनामा सुन प्रतितोला १ हजार रुपैयाँ र चाँदी प्रतितोला ५० रुपैयाँले बढेको हो।
आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८५ हजार रुपैयाँ कायम भएको छ भने चाँदी प्रतितोला ४ हजार ३६० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ।
बिहीबार छापावाल सुन प्रतितोला २ लाख ८४ हजार रुपैयाँ र चाँदी ४ हजार ३१० रुपैयाँमा कारोबार भएको थियो। त्यसअघि बुधबार सुनको मूल्य प्रतितोला २ लाख ८३ हजार २०० रुपैयाँ र चाँदी ४ हजार ३२० रुपैयाँ कायम भएको थियो।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस ४ हजार ७० अमेरिकी डलर र चाँदी प्रतिऔँस ५८ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
समाज
थप सामाग्री-
सेनाको बन्दोबस्ती खरिदमा प्रश्नै प्रश्न : ५४ करोडको चुस्ता–डीएमएस बुटमा ‘भुक्तानी’ विवाद
-
पुसपछि नेपाल प्रहरीमा बढुवाको ‘ठूलो ढोका’ खुल्दै, डीएसपीसहित ३८ इन्स्पेक्टर बढुवाको तयारी
-
देशभर मनसुनी प्रभाव : विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना
-
आजको राशिफल : यी राशिका व्यक्तिका लागि दिन शुभ रहनेछ
-
रुपन्देही प्रहरीमाथि सेटिङको आरोप, एसपी शाहीको भूमिका के ?
बालबालिकाको पीडामाथि ‘रिहाब’को व्यापार ! कपनको अँध्यारो खेलमाथि राज्यले अब आँखा खोल्नैपर्छ
१७ घण्टा अगाडि
1.1kViews 15 Shares Share on Facebook Share on Twitter कपनमा उठेको ‘रिहाब सेन्टर’ सम्बन्धी विवादलाई सामान्य प्रशासनिक विषय ठानेर पन्छाउने…





