

मटिअर्वा नाकामा ‘तस्करीको लाइन’ मिलाइदिने भन्दै रकम असुली गरेको आरोप, सशस्त्र प्रहरीका असईविरुद्ध भिडिओ भाइरल

बारा । बाराको कलैया उपमहानगरपालिका–१० स्थित मटिअर्वा सीमा नाकामा तस्करीको ‘लाइन’ मिलाइदिने भन्दै सशस्त्र प्रहरी सहायक निरीक्षक (असई) केशव रानाले सशस्त्र प्रहरी नायव उपरीक्षक (डीएसपी) दिपेन्द्र थापाको नाममा एक लाख रुपैयाँ लिएको आरोपसहितको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएको छ।
सार्वजनिक भिडिओमा एक व्यक्तिले तस्करी सहज बनाइदिने आश्वासनपछि असई रानालाई एक लाख रुपैयाँ दिएको दाबी गरेका छन्। उनले उक्त रकम ब्याजमा खोजेर दिएको उल्लेख गर्दै पैसा फिर्ता नभए कडा कदम चाल्ने चेतावनीसमेत दिएका छन्।
भिडिओमा ती व्यक्तिले असई रानालाई कमिसनस्वरूप कपडासमेत उपलब्ध गराउँदै आएको दाबी गरेका छन्। उनका अनुसार मटिअर्वा नाकाको १० नम्बर पिलर क्षेत्र हुँदै विशेषगरी रातिको समयमा तस्करी हुने गरेको छ।
स्थानीय स्रोतका अनुसार मटिअर्वा, छतवा, मुसहर्वा, सिम्रौनगढ र पचरौता क्षेत्रका विभिन्न सीमावर्ती नाकाबाट लामो समयदेखि सुरक्षा निकायको मिलेमतोमा तस्करी हुने गरेको आरोप लाग्दै आएको छ।
घटनाबारे प्रतिक्रिया दिँदै प्रस्तावित सीमा सुरक्षा गुल्म मटिअर्वाका डीएसपी दिपेन्द्र थापाले घटनाको आन्तरिक छानबिन सुरु गरिएको जानकारी दिए। रकम लेनदेन भएको पुष्टि भए सम्बन्धित व्यक्तिमाथि कानुनी प्रक्रिया अघि बढाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय बारामा बुझाइने उनले बताए।
“म आफैँ घटनाको छानबिन गरिरहेको छु। असई रानाले पैसा लिएको पुष्टि भए आवश्यक कारबाही हुन्छ,” डीएसपी थापाले बताएका छन्।
उता आरोपित असई केशव रानाले भने आफूले कुनै तस्करसँग रकम नलिएको दाबी गरेका छन्। सामाजिक सञ्जालमा सार्वजनिक गरिएको भिडिओमा आफूमाथि लगाइएका आरोप निराधार रहेको उनको भनाइ छ।
घटनाको सत्यतथ्यबारे सम्बन्धित निकायबाट छानबिन जारी रहेको छ भने भाइरल भिडिओको प्रामाणिकता पनि अनुसन्धानको विषय बनेको छ।
समाज
थप सामाग्री-
सेनाको बन्दोबस्ती खरिदमा प्रश्नै प्रश्न : ५४ करोडको चुस्ता–डीएमएस बुटमा ‘भुक्तानी’ विवाद
-
पुसपछि नेपाल प्रहरीमा बढुवाको ‘ठूलो ढोका’ खुल्दै, डीएसपीसहित ३८ इन्स्पेक्टर बढुवाको तयारी
-
देशभर मनसुनी प्रभाव : विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना
-
आजको राशिफल : यी राशिका व्यक्तिका लागि दिन शुभ रहनेछ
-
रुपन्देही प्रहरीमाथि सेटिङको आरोप, एसपी शाहीको भूमिका के ?
बालबालिकाको पीडामाथि ‘रिहाब’को व्यापार ! कपनको अँध्यारो खेलमाथि राज्यले अब आँखा खोल्नैपर्छ
१७ घण्टा अगाडि
1.1kViews 15 Shares Share on Facebook Share on Twitter कपनमा उठेको ‘रिहाब सेन्टर’ सम्बन्धी विवादलाई सामान्य प्रशासनिक विषय ठानेर पन्छाउने…





