स्थानीय बजारमा सुनको मूल्य तोलामा रु १,८०० ले घट्यो

काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्य घटेको छ। गत शुक्रबारको तुलनामा सुन प्रतितोला रु १,८०० र चाँदी प्रतितोला रु ४५ ले घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला रु २ लाख ८३ हजार २०० मा कारोबार भइरहेको छ। त्यस्तै, चाँदी प्रतितोला रु ४ हजार ३१५ कायम भएको छ।

गत शुक्रबार छापावाल सुन प्रतितोला रु २ लाख ८५ हजार र चाँदी प्रतितोला रु ४ हजार ३६० मा कारोबार भएको थियो। बिहीबार सुन प्रतितोला रु २ लाख ८४ हजार र चाँदी प्रतितोला रु ४ हजार ३१० कायम भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुन ४ हजार ६३ अमेरिकी डलर तथा चाँदी ५८ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

Facebook Comments Box
TOP
Shares