
गोलबजारमा आवतजावत सहज, कर्फ्यु आंशिक रूपमा खुकुलो

सिरहा, साउन — जिल्ला प्रशासन कार्यालय सिरहाले गोलबजार नगरपालिका क्षेत्रमा लागू गरिएको कर्फ्यु आइतबारदेखि आंशिक रूपमा खुकुलो बनाएको छ।
प्रशासनले जारी गरेको सूचनाअनुसार बिहान १०:०० बजेदेखि बेलुका ७:०० बजेसम्म कर्फ्यु खुकुलो रहनेछ। स्थानीय सुरक्षा अवस्थाको निरन्तर समीक्षा गर्दै आवश्यकताअनुसार कर्फ्युलाई थप खुकुलो बनाउने वा पुनः कडाइ गर्ने निर्णय गरिने प्रशासनले जनाएको छ।
यसैबीच, गोलबजार हुँदै सञ्चालन हुने लामो दूरीका सवारीसाधनलाई सहज रूपमा आवतजावत गराउन सम्बन्धित निकायलाई निर्देशन दिइएको छ।
प्रशासनले कर्फ्यु खुकुलो भएको समयमा पनि पाँच जनाभन्दा बढी व्यक्ति एकै स्थानमा भेला नहुन सर्वसाधारणलाई आग्रह गरेको छ।
समाज
थप सामाग्री
बाढी–पहिरोले देशभरका मुख्य सडक प्रभावित, कतै पूर्ण अवरुद्ध त कतै एकतर्फी सञ्चालन
१ दिन अगाडि
1.5kViews 15 Shares Share on Facebook Share on Twitter काठमाडौं । बाढी, पहिरो तथा सडक मर्मतका कारण देशका विभिन्न मुख्य…





