आज असोज १ गते बिहीबार, यस्तो छ तपाईंको राशिफल

मेष : दीर्घकालीन लाभ हुने कार्य प्रारम्भ गर्न तथा नयाँ सम्झौता गर्न अनुकूल समय छ। यसअघि गरिएको कामको उचित प्रतिफल प्राप्त हुनेछ। शिक्षाको क्षेत्रमा नयाँ अवसर र सम्भावना विस्तार हुनेछन्। आजको शुभ रंग गुलाबी र शुभ अंक ३ रहेको छ।

वृष : पुरुषार्थ र लगनशीलताले समाजमा प्रतिष्ठा बढाउनेछ। रोकिएका काम पूरा भई नयाँ कार्य प्रारम्भ गर्ने अवसर मिल्नेछ। विगतका कमी–कमजोरी सुधार्दै अघि बढ्ने समय छ। आजको शुभ रंग निलो र शुभ अंक १ रहेको छ।

मिथुन : मेहनत र लगनशीलताले सम्मान दिलाउनेछ। विदेश भ्रमण वा वैदेशिक योजनाका विषयमा सकारात्मक संकेत मिल्न सक्छ। सवारी साधन चलाउँदा विशेष सावधानी अपनाउनुहोला। आजको शुभ रंग सेतो र शुभ अंक ४ रहेको छ।

कर्कट : साहित्य तथा कलाको क्षेत्रमा प्रतिष्ठा बढ्नेछ। शेयर बजारबाट लाभ प्राप्त हुने सम्भावना छ। कार्यक्षेत्रमा सहयोगीहरूको साथ र सहयोग प्रशस्त मिल्नेछ। आजको शुभ रंग हल्का निलो र शुभ अंक ३ रहेको छ।

सिंह : पिताको कार्यक्षेत्रमा मान–सम्मान बढ्नेछ। नयाँ कामको प्रस्ताव आउनुका साथै व्यापार–व्यवसायमा लाभ मिल्नेछ। प्रशासनिक तथा औपचारिक क्षेत्रबाट अपेक्षित सहयोग प्राप्त हुनेछ। आजको शुभ रंग हरियो र शुभ अंक ५ रहेको छ।

कन्या : अनुभवी व्यक्तिको सुझाव र मार्गदर्शनलाई बेवास्ता नगर्नुहोस्। धार्मिक तथा आध्यात्मिक गतिविधिप्रति रुचि बढ्नेछ। विद्यार्थीको तर्कशक्ति र अध्ययन क्षमतामा वृद्धि हुनेछ। रचनात्मक कार्यमा पनि मन जानेछ। आजको शुभ रंग गुलाबी र शुभ अंक ६ रहेको छ।

तुला : नोकरी तथा पेशामा तपाईंको कार्यसम्पादनको मूल्यांकन हुनेछ। लापरवाहीका कारण हातमा आएको अवसर गुम्न सक्ने भएकाले सचेत रहनुहोस्। आत्मविश्वासमा केही कमी आउन सक्छ। आजको शुभ रंग सेतो र शुभ अंक ८ रहेको छ।

वृश्चिक : कार्यक्षेत्रबाट प्राप्त अनुभव र ज्ञानले महत्वपूर्ण लाभ दिलाउनेछ। आम्दानीका नयाँ तथा विभिन्न स्रोत फेला पर्ने सम्भावना छ। जीवनसाथीको स्वास्थ्यलाई लिएर केही चिन्ता रहन सक्छ। आजको शुभ रंग पहेंलो र शुभ अंक ९ रहेको छ।

धनु : लामो समयदेखि प्रतीक्षा गरिएको नतिजाले उत्साह बढाउनेछ। अप्ठ्यारो परिस्थितिलाई सहज रूपमा समाधान गर्न सकिनेछ। नकारात्मक सोचले भइरहेका काममा बाधा पुर्‍याउन सक्ने भएकाले सकारात्मक रहनुहोस्। आजको शुभ रंग खैरो र शुभ अंक २ रहेको छ।

मकर : नेतृत्व क्षमता प्रदर्शन गर्ने अवसर प्राप्त हुनेछ। विद्यार्थीको पढाइप्रति रुचि बढ्नेछ। व्यापार–व्यवसायमा सन्तानबाट सहयोग प्राप्त हुनेछ। आजको शुभ रंग कलेजी र शुभ अंक ३ रहेको छ।

कुम्भ  :आत्मविश्वासले अरूलाई समेत प्रभावित पार्नेछ। जिम्मेवारी पूरा गर्ने क्रममा प्रशंसा प्राप्त हुनेछ। सामाजिक भेटघाट र सम्पर्कबाट नयाँ सम्भावनाको ढोका खुल्नेछ। आफूले चाहेको कुरा स्पष्ट रूपमा राख्नु लाभदायक हुनेछ। आजको शुभ रंग सुन्तला र शुभ अंक १ रहेको छ।

मीन : सूक्ष्म विषयलाई छिट्टै बुझ्ने क्षमता बलियो हुनेछ। हिसाब–किताब, कागजपत्र तथा व्यवस्थित काममा राम्रो ध्यान जानेछ। सानो गल्ती समयमै सच्याउँदा ठूलो झन्झटबाट बच्न सकिनेछ। दिनचर्यामा अनुशासन कायम राख्नुहोस्। आजको शुभ रंग पहेंलो र शुभ अंक ९ रहेको छ।

Facebook Comments Box
TOP
15 Shares