
भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ४ सय ९ पुग्यो

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण मृत्यु हुनेको संख्या १ हजार ४ सय ९ पुगेको छ। नेपाल प्रहरीले बिहीबार बिहान ५ बजेसम्म देशका विभिन्न जिल्लाबाट गरी १ हजार ४ सय ९ जनाको शव फेला परेको जनाएको छ।
प्रहरीका अनुसार रसुवामा १ सय ९९, नुवाकोटमा २ सय २, धादिङमा ७२, चितवनमा ३ सय ६४, गोरखामा ७८, तनहुँमा ३८, नवलपरासी पूर्वमा २ सय ३२ र नवलपरासी पश्चिममा २ सय २२ जनाको शव फेला परेको छ। त्यस्तै, काठमाडौंमा उपचारका क्रममा थप दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।
बाढी तथा पहिरोका कारण ज्यान गुमाएका व्यक्तिको पहिचानका लागि प्रहरीले डीएनए नमुना सङ्कलनसहित आवश्यक प्रक्रिया अघि बढाएको छ। हालसम्म पहिचान तथा आवश्यक प्रक्रिया पूरा गरी १ हजार २ सय ३७ वटा शव व्यवस्थापन गरिएको नेपाल प्रहरीले जनाएको छ।
शव पहिचानका लागि मृतकका १ हजार २ सय ८६ र आफन्तका १ हजार ९ सय १४ गरी कुल ३ हजार २ सय वटा डीएनए नमुना सङ्कलन गरिएको छ।
प्रहरीका अनुसार पहिचान हुन बाँकी १ हजार ३ सय ६१ वटा शवको विवरणसमेत नेपाल प्रहरीको वेबसाइटमा सार्वजनिक गरिएको छ। पहिचान प्रक्रिया अघि बढाउन सम्बन्धित परिवार तथा आफन्तबाट सङ्कलन गरिएका डीएनए नमुनालाई आधार बनाइएको प्रहरीले जनाएको छ।
समाज
थप सामाग्री
बाढी–पहिरोले देशभरका मुख्य सडक प्रभावित, कतै पूर्ण अवरुद्ध त कतै एकतर्फी सञ्चालन
१ दिन अगाडि
1.5kViews 15 Shares Share on Facebook Share on Twitter काठमाडौं । बाढी, पहिरो तथा सडक मर्मतका कारण देशका विभिन्न मुख्य…





