

मुग्लिन–नारायणगढ सडकखण्डमा ढुंगा खस्दा यातायात एकतर्फी, हटाउने काम जारी
चितवन । मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत नाम्सी नयाँ पुलमा सोमबार बिहान ढुंगा खसेपछि सवारी आवागमन प्रभावित भएको छ। ढुंगा खसेपछि नयाँ पुलबाट हुने यातायात रोकिएर हाल पुरानो पुलमार्फत एकतर्फी रूपमा सवारी सञ्चालन गरिएको छ।
सडक डिभिजन कार्यालय भरतपुरका अनुसार बिहान ७ः४० बजे नाम्सी नयाँ पुल क्षेत्रमा पहाडबाट ढुंगा खसेको हो। घटनापछि यात्रु सुरक्षालाई ध्यानमा राख्दै नयाँ पुलबाट आवतजावत बन्द गरिएको र पुरानो पुलबाट सावधानीपूर्वक सवारी सञ्चालन भइरहेको जनाएको छ।
ढुंगा हटाउन सडक डिभिजन भरतपुरले आवश्यक उपकरणसहितको टोली परिचालन गरिसकेको छ। कार्यालयका अनुसार सडक पूर्ण रूपमा दुईतर्फी सञ्चालनमा आउन करिब १ देखि २ घण्टा लाग्ने अनुमान गरिएको छ।
सडक डिभिजन भरतपुरले यात्रु तथा चालकलाई जोखिमपूर्ण अवस्थामा हतार नगर्न आग्रह गर्दै सुरक्षित रूपमा यात्रा गर्न अनुरोध गरेको छ। वर्षायामको समयमा पहिरो र ढुंगा खस्ने जोखिम बढ्ने भएकाले सडक प्रयोगकर्तालाई सतर्कता अपनाउन समेत आग्रह गरिएको छ।
समाज
थप सामाग्री-
बौद्धका डीएसपी रोक्का तानिए, तर मुद्दा शाखाका अधिकारीमाथि किन मौनता ? अनुसन्धानको घेरामा उठ्यो प्रश्न
-
आज साउन १८ गते सोमबार, यस्तो छ तपाईको राशिफल
-
सुरक्षा समितिको निर्णय कागजमै सीमित : सुन्धाराका रात्रिकालीन व्यवसाय राति अबेरसम्म सञ्चालन, प्रहरी भूमिकामाथि प्रश्न
-
सुरक्षा संकटको छायामा रुपन्देही सीमा: तस्करी नियन्त्रणमा प्रहरी नेतृत्वमाथि उठ्यो गम्भीर प्रश्न
-
आज साउन १७ गते आइतबार, यस्तो छ तपाईको राशिफल
आज साउन १६ गते शनिबार,यस्तो छ तपाईको राशिफल
२ दिन अगाडि
1.9kViews 15 Shares Share on Facebook Share on Twitter मेष- आज नयाँ कामको सुरुवात गर्न अनुकूल समय छ । व्यवसायमा आम्दानी…





