

इरानसँग वार्ताको संकेतपछि तेलको मूल्यमा गिरावट, सुन भने उकालो लाग्यो
वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि तत्काल नयाँ सैन्य कारबाही नगरी वार्तालाई प्राथमिकता दिने संकेत दिएपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा उल्लेखनीय गिरावट आएको छ। तनाव केही कम हुने अपेक्षासँगै सोमबार तेलको मूल्य ५ प्रतिशतभन्दा बढीले घटेको हो।
यसैबीच, सुरक्षित लगानीको विकल्पका रूपमा हेरिने सुनको मूल्य भने बढेको छ। न्यूयोर्क मर्कन्टाइल एक्सचेञ्जको कोमेक्स डिभिजनमा स्पट गोल्डको मूल्य ०.४ प्रतिशतले वृद्धि भई प्रतिऔंस ४ हजार ५५ डलर ७६ सेन्ट पुगेको छ। यस्तै, यूएस गोल्ड फ्युचर्सको मूल्य पनि ०.९ प्रतिशतले बढेर प्रतिऔंस ४ हजार ५४ डलर पुगेको छ।
राष्ट्रपति ट्रम्पले अमेरिका र इरानबीच सोमबार वार्ता हुने जानकारी दिए पनि सम्झौताका लागि कुनै निश्चित समयसीमा भने तोकेका छैनन्। वार्ताको सम्भावनाले बजारमा आशावादी वातावरण सिर्जना गरेपछि तेलको माग र मूल्यमा दबाब परेको विश्लेषकहरूले बताएका छन्।
उता, जापानी येनलाई समर्थन गर्न गरिएको विदेशी विनिमय बजार हस्तक्षेपका कारण अमेरिकी डलर कमजोर बनेको छ। डलर कमजोर हुँदा अन्य मुद्रामा कारोबार गर्ने लगानीकर्ताका लागि सुन खरिद सस्तो हुने भएकाले यसको माग बढेको बताइएको छ।
केसीएम ट्रेडका प्रमुख बजार विश्लेषक टिम वाटररका अनुसार सुनले साताको सुरुआत सकारात्मक रूपमा गरे पनि पश्चिम एसियाको अवस्था र तेल बजारको अनिश्चितताका कारण मूल्यवृद्धि सीमित रहने देखिएको छ।
विश्लेषकहरूका अनुसार अमेरिका–इरान तनावका कारण बढेको मुद्रास्फीतिको चिन्ताले यसअघि सुन बजारमा दबाब सिर्जना गरेको थियो। युद्धका कारण महँगी बढेमा केन्द्रीय बैंकहरूले ब्याजदर वृद्धि गर्न सक्ने भएकाले ब्याज नदिने सम्पत्तिका रूपमा रहेको सुनको आकर्षण घट्न सक्ने जोखिम रहेको छ।
यसैबीच, अमेरिकी फेडरल रिजर्भका अधिकारीहरूले मुद्रास्फीति अझै २ प्रतिशतको लक्ष्यभन्दा माथि रहन सक्ने भन्दै ब्याजदर वृद्धिको आवश्यकता औंल्याएका छन्। यसैसाता सार्वजनिक हुने अमेरिकी रोजगारीसम्बन्धी आर्थिक तथ्याङ्कले सुन बजारको आगामी दिशामा प्रभाव पार्ने अनुमान गरिएको छ।
सोमबार अन्य बहुमूल्य धातुको मूल्यसमेत बढेको छ। चाँदीको मूल्य ०.९ प्रतिशतले वृद्धि भई प्रतिऔंस ५८ डलर १३ सेन्ट पुगेको छ भने प्लाटिनम ०.५ प्रतिशतले बढेर १ हजार ६४९ डलर ३५ सेन्ट र प्यालेडियम १.७ प्रतिशतले वृद्धि भई १ हजार २९४ डलर ९२ सेन्ट पुगेको छ।
समाज
थप सामाग्री-
बौद्धका डीएसपी रोक्का तानिए, तर मुद्दा शाखाका अधिकारीमाथि किन मौनता ? अनुसन्धानको घेरामा उठ्यो प्रश्न
-
आज साउन १८ गते सोमबार, यस्तो छ तपाईको राशिफल
-
सुरक्षा समितिको निर्णय कागजमै सीमित : सुन्धाराका रात्रिकालीन व्यवसाय राति अबेरसम्म सञ्चालन, प्रहरी भूमिकामाथि प्रश्न
-
सुरक्षा संकटको छायामा रुपन्देही सीमा: तस्करी नियन्त्रणमा प्रहरी नेतृत्वमाथि उठ्यो गम्भीर प्रश्न
-
आज साउन १७ गते आइतबार, यस्तो छ तपाईको राशिफल
आज साउन १६ गते शनिबार,यस्तो छ तपाईको राशिफल
२ दिन अगाडि
1.8kViews 15 Shares Share on Facebook Share on Twitter मेष- आज नयाँ कामको सुरुवात गर्न अनुकूल समय छ । व्यवसायमा आम्दानी…





