

सुस्तामा एसएसबी नेपाली भूमिमा प्रवेश गरी निर्माणाधीन बाँध भत्काएपछि स्थानीयको विरोध
नवलपरासी (बर्दघाट–सुस्ता पूर्व) । सुस्ता क्षेत्रमा भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले नेपाली भूमिमा प्रवेश गरी निर्माणाधीन बाँधको मुहान भत्काएको आरोप लागेको छ। सुस्ता बचाऔँ युवा अभियानले भारतीय सुरक्षाकर्मीले नेपाली भूभागमा आएर बाँध भत्काएको जनाएको हो।
अभियानका संयोजक योगेन्द्र गौतमका अनुसार सुस्ता गाउँपालिका–५ स्थित थारु टोलमा निर्माणाधीन १३२ मिटर लामो बाँधको मुहान एसएसबीका सुरक्षाकर्मीले भत्काएका हुन्।
गौतमका अनुसार सोमबार दिउँसो करिब साढे ३ बजे करिब १५ जना सादा पोशाकका व्यक्ति र ६० जना हतियारसहितका एसएसबी सुरक्षाकर्मी सीमा क्षेत्रबाट करिब ३०० मिटर नेपाली भूमिभित्र प्रवेश गरी बाँध भत्काउन आएको आरोप छ। स्थानीयवासीले प्रतिकारको प्रयास गरे पनि उनीहरूलाई रोक्न नसकिएको उनले बताए।
यसअघि प्रधानमन्त्री बालेन्द्र शाहले संसदमा नेपालले भारतीय सीमा मिचेको भन्ने अभिव्यक्ति दिएको भोलिपल्ट पनि एसएसबीले उक्त बाँध भत्काउने प्रयास गरेको स्थानीयको दाबी छ। त्यसबेला भने स्थानीयको विरोधपछि सुरक्षाकर्मीहरू पछि हटेको बताइएको छ।
सुस्ता क्षेत्र लामो समयदेखि सीमा विवाद र अतिक्रमणको विषयसँग जोडिँदै आएको छ। स्थानीयवासीले नेपाली भूमि संरक्षण, सीमा सुरक्षाको प्रभावकारी व्यवस्थापन र घटनाको छानबिन गर्न सरकारसँग माग गरेका छन्।
समाज
थप सामाग्री-
बौद्धका डीएसपी रोक्का तानिए, तर मुद्दा शाखाका अधिकारीमाथि किन मौनता ? अनुसन्धानको घेरामा उठ्यो प्रश्न
-
आज साउन १८ गते सोमबार, यस्तो छ तपाईको राशिफल
-
सुरक्षा समितिको निर्णय कागजमै सीमित : सुन्धाराका रात्रिकालीन व्यवसाय राति अबेरसम्म सञ्चालन, प्रहरी भूमिकामाथि प्रश्न
-
सुरक्षा संकटको छायामा रुपन्देही सीमा: तस्करी नियन्त्रणमा प्रहरी नेतृत्वमाथि उठ्यो गम्भीर प्रश्न
-
आज साउन १७ गते आइतबार, यस्तो छ तपाईको राशिफल
आज साउन १६ गते शनिबार,यस्तो छ तपाईको राशिफल
२ दिन अगाडि
1.8kViews 15 Shares Share on Facebook Share on Twitter मेष- आज नयाँ कामको सुरुवात गर्न अनुकूल समय छ । व्यवसायमा आम्दानी…





