नेपाली बजारमा सुनको मूल्य प्रतितोला ८०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

काठमाडौं — नेपाली बजारमा आज सुन र चाँदीको मूल्य वृद्धि भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारको तुलनामा सोमबार छापावाल सुनको मूल्य प्रतितोला ८०० रुपैयाँले बढेर २ लाख ८४ हजार रुपैयाँ कायम भएको छ।

आइतबार छापावाल सुन प्रतितोला २ लाख ८३ हजार २०० रुपैयाँमा कारोबार भएको थियो। महासंघका अनुसार आज सुनको मूल्य प्रति १० ग्राम २ लाख ४३ हजार ४८५ रुपैयाँ निर्धारण गरिएको छ।

त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला ३५ रुपैयाँले बढेको छ। आइतबार ४ हजार ३१५ रुपैयाँ रहेको चाँदीको मूल्य सोमबार बढेर ४ हजार ३५० रुपैयाँ कायम भएको महासंघले जनाएको छ। चाँदीको मूल्य प्रति १० ग्राम ३ हजार ७३० रुपैयाँ तोकिएको छ।

महासंघले अन्तर्राष्ट्रिय बजारको मूल्य अवस्था र विनिमय दरलाई आधार बनाएर दैनिक रूपमा नेपाली बजारका लागि सुनचाँदीको मूल्य निर्धारण गर्दै आएको छ।

Facebook Comments Box
TOP
Shares