सबै पालिकामा ‘मिसन पार्टी जागरण’ अभियान सुरु गर्न एमाले महासचिव पोखरेलको निर्देशन

काठमाडौं — नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले ‘मिसन पार्टी जागरण’ अभियानलाई पार्टी निर्माणको महत्वपूर्ण अभियान भएको भन्दै सबै पालिकामा प्रभावकारी रूपमा सञ्चालन गर्न निर्देशन दिएका छन्।

प्रदेश कमिटीका पदाधिकारी तथा केन्द्रीय प्रतिनिधिसँगको भर्चुअल बैठकमा उनले अभियानमार्फत जनतासँगको सम्बन्ध सुदृढ बनाउन पार्टी कमिटीसँगै जनसंगठनहरूलाई पनि सक्रिय रूपमा परिचालन गर्न आग्रह गरे।

पोखरेलले पार्टी विस्तार, संगठन सुदृढीकरण, युवा सहभागिता वृद्धि र सदस्यता नवीकरणलाई अभियानको मुख्य प्राथमिकतामा राख्नुपर्ने बताए। साथै, वर्तमान सरकार नियम–कानुनविपरीत अघि बढिरहेको आरोप लगाउँदै आवश्यक परे सडक आन्दोलनका लागि तयार रहन मातहत कमिटीलाई निर्देशन दिए।

Facebook Comments Box
TOP
Shares