

इरानसँग सोमबारदेखि औपचारिक वार्ता सुरु हुने ट्रम्पको घोषणा

वासिङ्टन — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग सोमबारदेखि औपचारिक वार्ता सुरु हुने घोषणा गरेका छन्। न्युजर्सीस्थित आफ्नो गल्फ क्लबबाट वासिङ्टन फर्किने क्रममा एयरफोर्स वानमा पत्रकारसँग कुरा गर्दै उनले वार्ता सोमबार अपराह्नबाट सुरु हुने जानकारी दिएका हुन्।
ट्रम्पले अमेरिका इरानमाथि ठूलो सैन्य आक्रमणको तयारीमा पुगेको भए पनि साउदी अरब, संयुक्त अरब इमिरेट्स (यूएई), कतार तथा इरानको आग्रहपछि उक्त योजना अन्तिम समयमा स्थगित गरिएको दाबी गरे।
उनले वार्ताको पहिलो चरणमा स्ट्रेट अफ हर्मुजमा जहाज आवागमनको विषयमा सहमति खोजिने र त्यसपछि इरानको आणविक कार्यक्रमबारे छलफल हुने बताए। साथै, इरानले आफ्नो आणविक कार्यक्रम स्थायी रूपमा बन्द गर्ने दिशामा पनि सहमति हुन सक्ने अपेक्षा व्यक्त गरे।
रोयटर्सका अनुसार साउदी युवराज मोहम्मद बिन सलमानले आइतबार ट्रम्पसँग टेलिफोन संवाद गर्दै इरानमाथिको सम्भावित सैन्य कारबाही तत्कालका लागि रोक्न आग्रह गरेका थिए।
यसअघि अमेरिकाले इरानले चेतावनीको बेवास्ता गर्दै आक्रामक गतिविधि बढाएको आरोप लगाउँदै ऊर्जा पूर्वाधार तथा पुलहरूलाई लक्षित गरी सैन्य कारबाहीको तयारी गरेको थियो। त्यसको जवाफमा इरानले अमेरिका वा उसका सहयोगीमाथि हमला भए मध्यपूर्वस्थित अमेरिकी सैन्य अड्डा, ऊर्जा पूर्वाधार तथा इजरायलका रणनीतिक संरचनामा प्रतिआक्रमण गर्ने चेतावनी दिएको थियो।
यद्यपि, ट्रम्पले इरानकै आग्रहमा सैन्य कारबाही रोकिएको दाबी गरे पनि तेहरानले त्यसलाई अस्वीकार गरेको छ। इरानको अर्धसरकारी समाचार एजेन्सी फार्सले अमेरिकी दाबीलाई असत्य भन्दै आफ्नो शक्ति कमजोर देखाउन गरिएको प्रचार भएको जनाएको छ।
अमेरिका र इरानबीच स्ट्रेट अफ हर्मुजमा जहाजहरूको आवागमन तथा इरानको आणविक कार्यक्रमलाई लिएर लामो समयदेखि विवाद जारी छ। अमेरिका उच्च प्रशोधित युरेनियम हस्तान्तरण गर्दै आणविक कार्यक्रम बन्द गर्नुपर्ने अडानमा रहे पनि इरानले त्यसलाई निरन्तर अस्वीकार गर्दै आएको छ।
समाज
थप सामाग्री-
सेनाको बन्दोबस्ती खरिदमा प्रश्नै प्रश्न : ५४ करोडको चुस्ता–डीएमएस बुटमा ‘भुक्तानी’ विवाद
-
पुसपछि नेपाल प्रहरीमा बढुवाको ‘ठूलो ढोका’ खुल्दै, डीएसपीसहित ३८ इन्स्पेक्टर बढुवाको तयारी
-
देशभर मनसुनी प्रभाव : विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना
-
आजको राशिफल : यी राशिका व्यक्तिका लागि दिन शुभ रहनेछ
-
रुपन्देही प्रहरीमाथि सेटिङको आरोप, एसपी शाहीको भूमिका के ?
बालबालिकाको पीडामाथि ‘रिहाब’को व्यापार ! कपनको अँध्यारो खेलमाथि राज्यले अब आँखा खोल्नैपर्छ
१७ घण्टा अगाडि
1.1kViews 15 Shares Share on Facebook Share on Twitter कपनमा उठेको ‘रिहाब सेन्टर’ सम्बन्धी विवादलाई सामान्य प्रशासनिक विषय ठानेर पन्छाउने…





