

बलिउडका चर्चित खलनायक प्रदीप रावतको निधन, ७४ वर्षको उमेरमा लिए अन्तिम स्वास

काठमाडौं । भारतीय चलचित्र उद्योगका वरिष्ठ अभिनेता प्रदीप रावतको ७४ वर्षको उमेरमा निधन भएको छ। लामो समयदेखि रक्त क्यान्सरसँग संघर्ष गरिरहेका रावतको मंगलबार अस्पतालमा उपचारकै क्रममा निधन भएको हो।
उनको स्वास्थ्य अवस्था पछिल्लो समय जटिल बन्दै गएपछि अस्पताल भर्ना गरिएको थियो। उनी करिब दुई महिनादेखि अस्पतालमै उपचाररत रहेको उनका प्रबन्धक सिद्धार्थ तिवारीले पुष्टि गरेका छन्।
रावतको निधनसँगै भारतीय चलचित्र क्षेत्रले एक अनुभवी, बहुप्रतिभाशाली र प्रभावशाली कलाकार गुमाएको छ। विशेषगरी आमिर खान अभिनित चर्चित चलचित्र ‘लगान’ र ‘गजनी’ मा उनले निर्वाह गरेका खलनायकका भूमिकाले उनलाई दर्शकमाझ अमिट पहिचान दिलाएको थियो।
उनको निधनको खबर सार्वजनिक भएपछि बलिउडसहित सम्पूर्ण भारतीय चलचित्र क्षेत्र शोकमा डुबेको छ। अभिनेता सोनु सूदले सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली व्यक्त गर्दै लेखेका छन्, “प्रदीप रावत भाइ, तपाईंलाई सधैं सम्झिइनेछ।” त्यस्तै अभिनेता यशपाल शर्माले पनि इन्स्टाग्राममार्फत भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन्।
हिन्दी चलचित्रका साथै तेलुगु, तमिल, कन्नड, मलयालम, बंगाली, भोजपुरी, नेपाली र मराठी भाषाका चलचित्रमा समेत अभिनय गरेका रावत बहुआयामिक कलाकारका रूपमा परिचित थिए।
दशकौँ लामो अभिनय यात्रामा उनले विभिन्न चरित्रमार्फत दर्शकको मन जित्न सफल भएका थिए। उनको निधनले भारतीय चलचित्र क्षेत्रमा अपूरणीय क्षति पुगेको कलाकार तथा चलचित्रकर्मीहरूले बताएका छन्।
समाज
थप सामाग्री-
सेनाको बन्दोबस्ती खरिदमा प्रश्नै प्रश्न : ५४ करोडको चुस्ता–डीएमएस बुटमा ‘भुक्तानी’ विवाद
-
पुसपछि नेपाल प्रहरीमा बढुवाको ‘ठूलो ढोका’ खुल्दै, डीएसपीसहित ३८ इन्स्पेक्टर बढुवाको तयारी
-
देशभर मनसुनी प्रभाव : विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना
-
आजको राशिफल : यी राशिका व्यक्तिका लागि दिन शुभ रहनेछ
-
रुपन्देही प्रहरीमाथि सेटिङको आरोप, एसपी शाहीको भूमिका के ?
बालबालिकाको पीडामाथि ‘रिहाब’को व्यापार ! कपनको अँध्यारो खेलमाथि राज्यले अब आँखा खोल्नैपर्छ
१७ घण्टा अगाडि
1.1kViews 15 Shares Share on Facebook Share on Twitter कपनमा उठेको ‘रिहाब सेन्टर’ सम्बन्धी विवादलाई सामान्य प्रशासनिक विषय ठानेर पन्छाउने…





