आज ६ संसदीय समितिको बैठक बस्दै, विभिन्न समसामयिक विषयमा छलफल हुने

काठमाडौं । संघीय संसद्अन्तर्गतका ६ वटा संसदीय समितिको बैठक आज बस्दैछ। बैठकमा आर्थिक, कानुनी, श्रम, कृषि, उपभोक्ता अधिकार तथा सम्पदा संरक्षणसँग सम्बन्धित विभिन्न विषयमा छलफल हुने कार्यसूची रहेको छ।

बिहान १० बजे बस्ने अर्थ समितिको बैठकमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयकमाथि दफावार छलफल गरिनेछ।

त्यस्तै बिहान १० बजे नै बस्ने उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा वैदेशिक रोजगार व्यवस्थापनसम्बन्धी विषयमा छलफल हुनेछ।

कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बिहान साढे ९ बजे बस्नेछ। बैठकमा स्वतन्त्र न्यायपालिका तथा न्याय प्रशासनको वर्तमान अवस्था, समस्या र समाधानका उपायबारे छलफल गरिनेछ।

यसैगरी दिउँसो १ बजे बस्ने कृषि तथा प्राकृतिक स्रोत समितिको बैठकमा समितिमा प्राप्त उजुरीहरूबारे आन्तरिक छलफल गर्ने कार्यसूची रहेको छ।

राष्ट्रिय सभाअन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक पनि बिहान साढे ९ बजे बस्दैछ। उक्त बैठकमा युनेस्को र पुरातत्व विभागसँग विश्व सम्पदा सूचीमा सूचीकृत हुनसक्ने नेपालका सम्भावित सम्पदाहरूका विषयमा छलफल हुनेछ।

त्यस्तै बिहान ११ बजे बस्ने संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा दैनिक उपभोग्य तथा अत्यावश्यक वस्तु र सेवाको आपूर्ति तथा वितरण, मूल्य नियन्त्रण, गुणस्तर, बजार अनुगमन र उपभोक्ता हक संरक्षण तथा प्रवर्द्धनका विषयमा छलफल गरिनेछ।

संसदीय समितिका यी बैठकहरूले नीति निर्माण, कानुन संशोधन र जनसरोकारका विषयमा महत्वपूर्ण छलफल गर्ने अपेक्षा गरिएको छ।

Facebook Comments Box
बालबालिकाको पीडामाथि ‘रिहाब’को व्यापार ! कपनको अँध्यारो खेलमाथि राज्यले अब आँखा खोल्नैपर्छ
१८ घण्टा अगाडि

1.1kViews 15 Shares Share on Facebook Share on Twitter कपनमा उठेको ‘रिहाब सेन्टर’ सम्बन्धी विवादलाई सामान्य प्रशासनिक विषय ठानेर पन्छाउने…

TOP
15 Shares