

आलुको बोराभित्र लुकाइएको खैरो हेरोइनसहित तीन जना पक्राउ

काठमाडौँ । सिन्धुलीको भिमानबाट स्कर्टिङ गर्दै काठमाडौँतर्फ ल्याइँदै गरेको ठूलो परिमाणको खैरो हेरोइनसहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।
लागुऔषध नियन्त्रण ब्यूरो, बर्दिबास शाखाबाट खटिएको विशेष टोलीले मंगलबार महोत्तरीबाट काठमाडौँ आउँदै गरेको हाइस माइक्रो र त्यसलाई स्कर्टिङ गरिरहेको मोटरसाइकल नियन्त्रणमा लिँदै उनीहरूलाई पक्राउ गरेको हो।
प्रहरीका अनुसार मधेस प्रदेश ०५–००१ ज ००८६ नम्बरको हाइस माइक्रोमा आलुको बोराभित्र लुकाएर खैरो हेरोइन काठमाडौं पठाउने योजना बनाइएको थियो। उक्त माइक्रोलाई मोटरसाइकलमा सवार दुई जनाले अगाडि–पछाडि रहेर स्कर्टिङ गर्दै आएको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेमा सिरहाको मिर्चैया नगरपालिका–५ का २० वर्षीय सन्देश यादव, धनुषाको कमला नगरपालिका–७ का २० वर्षीय राहुल कुमार मण्डल र सिरहाको कल्याणपुर नगरपालिका–६ का २० वर्षीय अभिषेक कुमार साह रहेका छन्।
लागुऔषध नियन्त्रण ब्यूरोका प्रहरी उपरीक्षक (एसपी) दुर्गाराज रेग्मीका अनुसार माइक्रोमा सवार यादवको साथबाट ४५ ग्राम १९० मिलिग्राम खैरो हेरोइन बरामद गरिएको छ।
प्रहरीले पक्राउ परेका तीनै जनालाई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय भिमानमा बुझाएको जनाएको छ।
लागुऔषध ओसारपसार नियन्त्रणका लागि प्रहरीले राजमार्ग तथा संवेदनशील नाकाहरूमा निगरानी बढाउँदै आएको छ। पछिल्लो घटनाले संगठित रूपमा हुने लागुऔषध कारोबार नियन्त्रणमा सुरक्षा निकायको सक्रियता थप प्रभावकारी बन्दै गएको देखाएको छ।
समाज
थप सामाग्री-
देवानगञ्ज घटनामा सरकारलाई अल्टिमेटम, शहीद घोषणा र राहत–रोजगारी तत्काल दिन माग
-
भक्तपुरमा ६३० दिवसीय विश्व शान्ति विराट ज्ञान महायज्ञ जारी
-
साउनको अन्तिम सोमबार पशुपतिनाथमा भक्तजनको घुइँचो, वर्षामै लामबद्ध भएर दर्शन
-
चुनौतीका बीच आईजीपी दानबहादुर कार्कीको दृढ नेतृत्व : प्रहरी संगठन सुधारको अभियानमा अविचलित कार्की
-
सेनाको बन्दोबस्ती खरिदमा प्रश्नै प्रश्न : ५४ करोडको चुस्ता–डीएमएस बुटमा ‘भुक्तानी’ विवाद
पुसपछि नेपाल प्रहरीमा बढुवाको ‘ठूलो ढोका’ खुल्दै, डीएसपीसहित ३८ इन्स्पेक्टर बढुवाको तयारी
२ दिन अगाडि
2.2kViews 30 Shares Share on Facebook Share on Twitter काठमाडौं । नेपाल प्रहरीमा प्रहरी नायब उपरीक्षक (डीएसपी)देखि प्रहरी वरिष्ठ उपरीक्षक…





