नबिल बैंकको खुद नाफा ३३.५ प्रतिशतले बढ्यो, ७ अर्ब ९० करोड नाघ्यो

काठमाडौं — नबिल बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गर्दै नाफा, सञ्चालन आम्दानी तथा व्यवसाय विस्तारमा उल्लेखनीय वृद्धि भएको जनाएको छ।

बैंकका अनुसार समीक्षा अवधिमा खुद नाफा ३३.५० प्रतिशतले बढेर ७ अर्ब ९० करोड ५७ लाख रुपैयाँ पुगेको छ। गत आर्थिक वर्षको सोही अवधिमा बैंकको खुद नाफा ५ अर्ब ९२ करोड २१ लाख रुपैयाँ रहेको थियो।

बैंकले कर्जा नोक्सानी व्यवस्थापन खर्चमा आएको कमीलाई नाफा वृद्धिको प्रमुख कारण मानेको छ। अघिल्लो वर्ष ४ अर्ब २० करोड रुपैयाँ रहेको उक्त खर्च घटेर चालु वर्ष २ अर्ब ६७ करोड रुपैयाँमा झरेको छ।

समीक्षा अवधिमा बैंकको सञ्चालन नाफा २५.२२ प्रतिशतले वृद्धि हुँदै ११ अर्ब ५६ करोड ४५ लाख रुपैयाँ पुगेको छ भने खुद ब्याज आम्दानी १७ अर्ब ९२ करोड रुपैयाँ कायम भएको छ।

नियामकीय समायोजनपछि बैंकसँग ५ अर्ब १६ करोड ९१ लाख रुपैयाँ वितरणयोग्य नाफा रहेको वित्तीय विवरणमा उल्लेख छ। यसका आधारमा प्रतिसेयर करिब १९ रुपैयाँ १० पैसा लाभांश वितरण गर्ने क्षमता देखिए पनि अन्तिम लाभांश सञ्चालक समितिको सिफारिस, नियामकीय स्वीकृति र वार्षिक साधारण सभाको निर्णयपछि मात्रै तय हुनेछ।

बैंकको प्रतिसेयर आम्दानी (EPS) २८ रुपैयाँ ३६ पैसा पुगेको छ। यस अवधिमा निक्षेप १२.९५ प्रतिशतले बढेर ५ खर्ब ९२ अर्ब ५५ करोड रुपैयाँ पुगेको छ भने कर्जा प्रवाह १२ प्रतिशतले विस्तार हुँदै ४ खर्ब ६० अर्ब ३१ करोड रुपैयाँ पुगेको छ।

त्यस्तै, बैंकको कुल सम्पत्ति १५.३८ प्रतिशतले वृद्धि भई ७ खर्ब ३४ अर्ब ७३ करोड रुपैयाँ पुगेको छ। खराब कर्जा (NPL) ४.२० प्रतिशत र नेट NPL ०.५८ प्रतिशतमा सीमित रहेको बैंकले जनाएको छ।

बैंकले वित्तीय सूचकहरूमा आएको सुधारले आगामी दिनमा पनि संस्थाको वित्तीय अवस्था थप सुदृढ हुने विश्वास व्यक्त गरेको छ।

Facebook Comments Box
बालबालिकाको पीडामाथि ‘रिहाब’को व्यापार ! कपनको अँध्यारो खेलमाथि राज्यले अब आँखा खोल्नैपर्छ
१८ घण्टा अगाडि

1.1kViews 15 Shares Share on Facebook Share on Twitter कपनमा उठेको ‘रिहाब सेन्टर’ सम्बन्धी विवादलाई सामान्य प्रशासनिक विषय ठानेर पन्छाउने…

TOP
Shares