

साउन २५ देखि ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्ने रास्वपा घोषणा

काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नागरिकका गुनासा, सुझाव र स्थानीय समस्या प्रत्यक्ष रूपमा सुन्न ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्ने भएको छ।
पार्टीका सहमहामन्त्री हरि ढकालका अनुसार साउन १३ गते बसेको केन्द्रीय समितिको बैठकले अभियान सञ्चालन गर्ने निर्णय गरेको हो। अभियान साउन २५ गते (सोमबार)देखि पार्टीको केन्द्रीय कार्यालय ‘घण्टीघर’बाट सुरु हुनेछ।
रास्वपाले अभियानमार्फत नागरिकलाई पार्टी नेतृत्वसँग प्रत्यक्ष संवाद गर्ने अवसर प्रदान गरिने जनाएको छ। नागरिकले आफ्ना समस्या, गुनासा तथा सुझाव सिधै पार्टीसमक्ष राख्न सक्ने व्यवस्था मिलाइनेछ।
अभियानलाई प्रभावकारी बनाउन प्रत्येक दिन दुई जना केन्द्रीय सदस्य र एक जना प्रतिनिधिसभा सदस्य अनिवार्य रूपमा उपस्थित रहने व्यवस्था गरिएको पार्टीले जनाएको छ। उनीहरूले नागरिकका गुनासा सुन्ने, आवश्यक सहजीकरण गर्ने तथा सम्बन्धित विषयलाई पार्टीभित्र छलफलका लागि लैजाने जिम्मेवारी निर्वाह गर्नेछन्।
रास्वपाले जनतासँगको प्रत्यक्ष संवादलाई थप मजबुत बनाउने उद्देश्यका साथ यो अभियान सञ्चालन गर्न लागेको जनाएको छ।
समाज
थप सामाग्री-
सेनाको बन्दोबस्ती खरिदमा प्रश्नै प्रश्न : ५४ करोडको चुस्ता–डीएमएस बुटमा ‘भुक्तानी’ विवाद
-
पुसपछि नेपाल प्रहरीमा बढुवाको ‘ठूलो ढोका’ खुल्दै, डीएसपीसहित ३८ इन्स्पेक्टर बढुवाको तयारी
-
देशभर मनसुनी प्रभाव : विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना
-
आजको राशिफल : यी राशिका व्यक्तिका लागि दिन शुभ रहनेछ
-
रुपन्देही प्रहरीमाथि सेटिङको आरोप, एसपी शाहीको भूमिका के ?
बालबालिकाको पीडामाथि ‘रिहाब’को व्यापार ! कपनको अँध्यारो खेलमाथि राज्यले अब आँखा खोल्नैपर्छ
१७ घण्टा अगाडि
1.1kViews 15 Shares Share on Facebook Share on Twitter कपनमा उठेको ‘रिहाब सेन्टर’ सम्बन्धी विवादलाई सामान्य प्रशासनिक विषय ठानेर पन्छाउने…





