

साउनभित्र ‘शून्य फोहर महाअभियान’ सुरु गर्ने हेटौँडा उपमहानगरको तयारी

हेटौँडा — हेटौँडा उपमहानगरपालिकाले साउन महिनाभित्र ‘शून्य फोहर महाअभियान’ सञ्चालन गर्ने भएको छ।
आर्थिक वर्ष २०८३/८४ लाई ‘पर्यटन वर्ष’का रूपमा मनाउने घोषणा गरेको उपमहानगरले शहरलाई स्वच्छ, सफा र आकर्षक बनाउने लक्ष्यसहित अभियान अघि बढाउन लागेको जनाएको छ।
वन, वातावरण तथा विपद् व्यवस्थापन महाशाखाका प्रमुख सत्यदेवी अधिकारीका अनुसार साउन २२ गते बिहान ९:०० बजेदेखि १०:०० बजेसम्म उपमहानगर क्षेत्रभित्रका सरकारी तथा निजी कार्यालय, विद्यालय, संघ–संस्था र टोल विकास संस्थाहरूलाई आफ्नै परिसरमा सरसफाइ गर्न अनुरोध गरिएको छ।
उपमहानगरपालिकाले अभियानलाई प्रभावकारी बनाउन सबै सरोकारवाला निकाय र स्थानीयवासीको सक्रिय सहभागिता आवश्यक रहेको जनाएको छ।
समाज
थप सामाग्री-
कानुनी व्यवस्था र विभागीय पत्र बेवास्ता, जलजलाकी वडा सचिव अर्यालको विवादास्पद निर्णयले अन्तरलिंगी मायाले भोगिन् प्रशासनिक सास्ती
-
रिक्त एसएसपी पदका लागि चार अधिकृतबीच प्रतिस्पर्धा, वरिष्ठता र कार्यसम्पादन मुख्य आधार बन्ने
-
स्वपहिचान (स्वअनुभूत लैङ्गिक पहिचान/ब्रेन जेण्डर) का आधारमा लैङ्गिक पहिचान परिवर्तनसम्बन्धी विवादास्पद आदेश पुनरावलोकनका लागि सर्वोच्चको अनुमति
-
बारा सीमामा तस्करी संरक्षणको आरोप : बिओपी बरैनियामा ‘घुमुवा’ परिचालन गरिएको दाबी, संगठनभित्रै चर्चा
-
आज साउन १९ गते मंगलबार, यस्तो छ तपाईंको राशिफल
बौद्धका डीएसपी रोक्का तानिए, तर मुद्दा शाखाका अधिकारीमाथि किन मौनता ? अनुसन्धानको घेरामा उठ्यो प्रश्न
२ दिन अगाडि
1.5kViews 15 Shares Share on Facebook Share on Twitter काठमाडौं । प्रहरी वृत्त बौद्धका डीएसपी सन्तोष रोक्कालाई एक वर्ष अवधि…





