

पत्रकारको परिचयपत्र बोकेर खैरो हेरोइन ओसार्ने तीन जना पक्राउ, अनुसन्धानको दायरामा परिचयपत्रको प्रयोग

काठमाडौं । पत्रकारको परिचयपत्र बोकेर लागुऔषध ओसारपसार गरेको आशंकामा प्रहरीले ४४.३४० ग्राम खैरो हेरोइनसहित तीन जनालाई पक्राउ गरेको छ। पक्राउ परेकामध्ये एक जनासँग सञ्चारमाध्यमको ‘न्युज रिपोर्टर’ परिचयपत्र फेला परेपछि उक्त परिचयपत्रको दुरुपयोग भएको हो वा होइन भन्ने विषयमा समेत प्रहरीले अनुसन्धान अघि बढाएको छ।
लागुऔषध नियन्त्रण ब्युरो, शाखा कार्यालय बर्दिबासबाट खटिएको प्रहरी टोलीले प्राप्त विशेष सूचनाका आधारमा साउन २० गते सिन्धुलीको दुधौली नगरपालिका–१, सिराहाको मिर्चैयाबाट काठमाडौंतर्फ आउँदै गरेको बा १६ च ७८५९ नम्बरको रेनो कारलाई रोकी खानतलासी गरेको थियो।
ब्युरोका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सुभाषचन्द्र बोहराका अनुसार खानतलासीका क्रममा कारको गियर बक्सभित्र विशेष रूपमा लुकाइराखिएको ४४ ग्राम ३४० मिलिग्राम खैरो हेरोइन बरामद भएपछि कारमा सवार तीनै जनालाई नियन्त्रणमा लिइएको हो।
पक्राउ पर्नेमा सिराहाको लक्ष्मीपुर गाउँपालिका–२ का २६ वर्षीय उमेश कुमार यादव, लहान नगरपालिका–१० का ३० वर्षीय रमेश कुमार राम तथा लक्ष्मीपुर गाउँपालिका–२ का २५ वर्षीय गुल्सन प्रसाद साह रहेका छन्।
प्रहरीका अनुसार पक्राउ परेका चालक उमेश कुमार यादवसँग ‘Janjagaran Khabar’ नामक सञ्चारमाध्यमको ‘News Reporter’ परिचयपत्र फेला परेको छ। उक्त परिचयपत्रको प्रयोग वैधानिक पत्रकारिताका लागि भएको हो वा लागुऔषध ओसारपसारलाई सहज बनाउन दुरुपयोग गरिएको हो भन्ने विषयमा विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
घटनास्थलबाट प्रहरीले बरामद खैरो हेरोइन, लागुऔषध ओसारपसारमा प्रयोग गरिएको बा १६ च ७८५९ नम्बरको रेनो कार तथा चार थान मोबाइल फोन समेत नियन्त्रणमा लिएको छ।
प्रहरीले घटनामा संलग्न व्यक्तिहरूमाथि लागूऔषध सम्बन्धी कसुरमा थप अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाएको जनाएको छ।
समाज
थप सामाग्री-
कानुनी व्यवस्था र विभागीय पत्र बेवास्ता, जलजलाकी वडा सचिव अर्यालको विवादास्पद निर्णयले अन्तरलिंगी मायाले भोगिन् प्रशासनिक सास्ती
-
रिक्त एसएसपी पदका लागि चार अधिकृतबीच प्रतिस्पर्धा, वरिष्ठता र कार्यसम्पादन मुख्य आधार बन्ने
-
स्वपहिचान (स्वअनुभूत लैङ्गिक पहिचान/ब्रेन जेण्डर) का आधारमा लैङ्गिक पहिचान परिवर्तनसम्बन्धी विवादास्पद आदेश पुनरावलोकनका लागि सर्वोच्चको अनुमति
-
बारा सीमामा तस्करी संरक्षणको आरोप : बिओपी बरैनियामा ‘घुमुवा’ परिचालन गरिएको दाबी, संगठनभित्रै चर्चा
-
आज साउन १९ गते मंगलबार, यस्तो छ तपाईंको राशिफल
बौद्धका डीएसपी रोक्का तानिए, तर मुद्दा शाखाका अधिकारीमाथि किन मौनता ? अनुसन्धानको घेरामा उठ्यो प्रश्न
२ दिन अगाडि
1.5kViews 15 Shares Share on Facebook Share on Twitter काठमाडौं । प्रहरी वृत्त बौद्धका डीएसपी सन्तोष रोक्कालाई एक वर्ष अवधि…





