

कांग्रेस केन्द्रीय समिति बैठक आज पनि, १५औँ महाधिवेशनदेखि मधेशको घटनाक्रमसम्म छलफल हुने

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दैछ। बैठक अपराह्न १ बजे ललितपुरको सानेपास्थित बीपी स्मृति भवनमा बस्न लागेको हो।
आइतबारदेखि सुरु भएको बैठकमा छलफलका विषय टुंगिन नसकेपछि बैठक सोमबारका लागि पुनः बोलाइएको हो। आइतबारको बैठकमा पार्टीको १५औँ महाधिवेशनको तयारी, सरकारका गतिविधि तथा प्रदेश सरकारमा विकसित पछिल्लो राजनीतिक परिस्थितिसहित समसामयिक विषयमा छलफल सुरु भएको थियो।
सभापति गगनकुमार थापाको अध्यक्षतामा बसेको बैठकमा सभापति थापाले समसामयिक राजनीतिक विषय तथा बैठकमा प्रस्तुत प्रस्तावसँग सम्बन्धित विषयवस्तुबारे जानकारी गराएका थिए। महामन्त्री प्रदीप पौडेलले भने छलफलका लागि विभिन्न प्रस्ताव प्रस्तुत गरेका थिए।
आजको बैठकमा १५औँ महाधिवेशनको तयारीलाई थप अघि बढाउने विषय प्रमुख एजेन्डाका रूपमा रहनेछ। बैठकमा पार्टीको नियमावली तथा निर्वाचन निर्देशिका, सदस्यता अद्यावधिक तथा वितरण, महाधिवेशन तयारी समिति गठन र विधान मस्यौदा समिति गठनलगायत विषयमा छलफल हुने बताइएको छ।
त्यस्तै, महाधिवेशनसँग सम्बन्धित प्रचारप्रसार, भोजन तथा आवास, मञ्च व्यवस्थापनलगायतका कामका लागि आवश्यक उपसमिति गठन गर्ने विषय पनि बैठकको एजेन्डामा छ। केन्द्रीय कार्यसम्पादन समितिले यसअघि गरेका निर्णय अनुमोदन गर्ने विषयमा समेत बैठकले निर्णय लिनेछ।
पछिल्लो समय तराई–मधेश क्षेत्रमा विकसित घटनाक्रमप्रति समेत कांग्रेसले चासो देखाएको छ। बैठकमा सामाजिक सद्भाव कायम राख्ने तथा पछिल्लो घटनाक्रमलाई राजनीतिक र सामाजिक दृष्टिले कसरी सम्बोधन गर्ने भन्ने विषयमा समेत छलफल भइरहेको छ।
महाधिवेशनको तयारीसँगै सरकारका गतिविधि, प्रदेश सरकारको राजनीतिक अवस्था र मुलुकको समसामयिक राजनीतिक परिस्थितिबारे कांग्रेसको आगामी रणनीति तय गर्ने दृष्टिले पनि आजको बैठकलाई महत्वपूर्ण रूपमा हेरिएको छ।
समाज
थप सामाग्री-
साउनको अन्तिम सोमबार पशुपतिनाथमा भक्तजनको घुइँचो, वर्षामै लामबद्ध भएर दर्शन
-
चुनौतीका बीच आईजीपी दानबहादुर कार्कीको दृढ नेतृत्व : प्रहरी संगठन सुधारको अभियानमा अविचलित कार्की
-
सेनाको बन्दोबस्ती खरिदमा प्रश्नै प्रश्न : ५४ करोडको चुस्ता–डीएमएस बुटमा ‘भुक्तानी’ विवाद
-
पुसपछि नेपाल प्रहरीमा बढुवाको ‘ठूलो ढोका’ खुल्दै, डीएसपीसहित ३८ इन्स्पेक्टर बढुवाको तयारी
-
देशभर मनसुनी प्रभाव : विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना
आजको राशिफल : यी राशिका व्यक्तिका लागि दिन शुभ रहनेछ
१ दिन अगाडि
1.4kViews 15 Shares Share on Facebook Share on Twitter मेष मनले चाहेको काममा समय दिन पाउनुहुनेछ। आर्थिक पक्ष सुधार गर्ने…





