

साउनको अन्तिम सोमबार पशुपतिनाथमा भक्तजनको घुइँचो, वर्षामै लामबद्ध भएर दर्शन

काठमाडौं । साउनको अन्तिम सोमबार आज बिहानैदेखि लगायत देशभरका शिवालयमा दर्शनार्थीको घुइँचो लागेको छ। काठमाडौंमा झमझम वर्षा भइरहे पनि शिवभक्तहरू छाता ओढेर तथा वर्षामै लामबद्ध हुँदै भगवान् शिवको दर्शनका लागि मन्दिर प्रवेश गरिरहेका छन्।
पशुपतिनाथ मन्दिरका चारवटै ढोका बिहान ३ बजेदेखि खोलिएको पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्का सदस्य केदारमान भण्डारीले जानकारी दिए। बिहानैदेखि पशुपति क्षेत्रमा भक्तजनको चाप बढ्दै गएको छ।
गौशाला, जयवागीश्वरी, मित्र उद्यान, चाबहिल, मैजुबहाल, चुच्चेपाटी, कुमारीगाल, वाग्मती करिडोर, गुह्येश्वरी, मृगस्थली, गौरीनगर र पिङ्गलास्थानलगायत विभिन्न क्षेत्रबाट भक्तजन पशुपतिनाथतर्फ जाने क्रम जारी छ। गौरीनगरसम्मै दर्शनार्थीको लाम पुगेको छ।
साउनको अन्तिम सोमबार विशेष पूजाआजा तथा दर्शनका लागि आउने श्रद्धालुको सहज, सुरक्षित र व्यवस्थित व्यवस्थापनका लागि पशुपति क्षेत्रमा आवश्यक प्रबन्ध मिलाइएको छ। सुन्दरीजलबाट जल ल्याएर पशुपतिनाथमा चढाउने भक्तजनको पनि बिहानैदेखि लाम लागेको छ।
दर्शनार्थीको स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै पशुपति क्षेत्रमा प्राथमिक उपचारसहित अत्यावश्यक स्वास्थ्य सेवाको व्यवस्था गरिएको छ। विभिन्न सङ्घ–संस्थाले निःशुल्क स्वास्थ्य शिविरसमेत सञ्चालन गरेका छन्।
यसैबीच, काठमाडौं उपत्यकाका प्रमुख शिवालयहरूमा पनि भक्तजनको उल्लेख्य भीड लागेको छ। , नागेश्वर, डोलेश्वर तथा वसन्तपुर दरबार क्षेत्रको ‘सानो पशुपतिनाथ’का रूपमा परिचित मक्खन महादेव मन्दिरलगायत देशभरका ठूला–साना शिवालयमा बिहानैदेखि भक्तजन पूजाआजा र दर्शनका लागि पुगेका छन्।
साउनको अन्तिम सोमबार भगवान् शिवको पूजा, आराधना तथा व्रत बस्ने धार्मिक परम्परा रहेकाले अन्य सोमबारको तुलनामा आज शिवालयहरूमा भक्तजनको विशेष भीड लागेको हो। वर्षाका बाबजुद भक्तजनको उत्साह भने कम भएको छैन।
समाज
थप सामाग्री-
आज भदौ २५ गते बिहीबार, यस्तो छ तपाईंको राशिफल
-
भोटेकोशी बाढी : ललितपुरमा १५७ जना अझै बेपत्ता, ४१ विदेशी नागरिकको खोजी जारी
-
मनसुनी वायुको प्रभाव कायमै, सातै प्रदेशमा वर्षाको सम्भावना
-
रामपुर खाप छोटी भन्सार पुनः सुचारु गर्न माग गर्दै आजदेखि रिले अनसनका साथै प्रदर्शन गर्दै
-
आज भदौ २४ गते बुधबार, यस्तो छ तपाईको राशिफल
कालसिङ्गे खोला तर्ने क्रममा १७ वर्षीय किशोर बेपत्ता
१ दिन अगाडि
900Views 15 Shares Share on Facebook Share on Twitter धनगढी । बाजुराको जगन्नाथ गाउँपालिकामा खोला तर्ने क्रममा एक किशोर बगेर…





