

पहिरोले बीपी राजमार्ग दुईतर्फी अवरुद्ध

काभ्रेपलाञ्चोक । अविरल वर्षासँगै आएको लेदो र पहिरोका कारण बीपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोक खण्ड दुईतर्फी अवरुद्ध भएको छ।
जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका अनुसार गएरातिदेखि परेको लगातार वर्षाका कारण रोशी गाउँपालिका–९ पिन्थली, नार्केस्थित सडकमा माथिबाट लेदोसहितको पहिरो खसेपछि बीपी राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको हो।
पहिरोका कारण राजमार्गमा सवारीसाधनको आवागमन ठप्प भएको प्रहरीले जनाएको छ। सडक खुलाउन प्रहरी तथा स्थानीयवासीको सक्रियतामा पहिरो र लेदो पन्छाउने काम भइरहेको छ।
वर्षा निरन्तर भइरहेकाले थप पहिरो तथा सडक अवरुद्ध हुनसक्ने जोखिम रहेको भन्दै रोशी गाउँपालिकाका अध्यक्ष दिनेश लामाले यात्रुलाई सावधानी अपनाउन आग्रह गरेका छन्।
उनले सुरक्षाकर्मी तथा सम्बन्धित निकायसँग सडकको अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न यात्रुलाई अनुरोध गरेका छन्।
समाज
थप सामाग्री-
साउनको अन्तिम सोमबार पशुपतिनाथमा भक्तजनको घुइँचो, वर्षामै लामबद्ध भएर दर्शन
-
चुनौतीका बीच आईजीपी दानबहादुर कार्कीको दृढ नेतृत्व : प्रहरी संगठन सुधारको अभियानमा अविचलित कार्की
-
सेनाको बन्दोबस्ती खरिदमा प्रश्नै प्रश्न : ५४ करोडको चुस्ता–डीएमएस बुटमा ‘भुक्तानी’ विवाद
-
पुसपछि नेपाल प्रहरीमा बढुवाको ‘ठूलो ढोका’ खुल्दै, डीएसपीसहित ३८ इन्स्पेक्टर बढुवाको तयारी
-
देशभर मनसुनी प्रभाव : विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना
आजको राशिफल : यी राशिका व्यक्तिका लागि दिन शुभ रहनेछ
१ दिन अगाडि
1.4kViews 15 Shares Share on Facebook Share on Twitter मेष मनले चाहेको काममा समय दिन पाउनुहुनेछ। आर्थिक पक्ष सुधार गर्ने…





