

पाल्पामा पिकअप जिप दुर्घटना, १० जना घाइते

पाल्पा । पाल्पाको तिनाउ गाउँपालिका–४ चिउरीडाँडास्थित झुम्सा–सत्यवती धसमिघा भित्री कच्ची सडकखण्डमा पिकअप जिप दुर्घटना हुँदा १० जना घाइते भएका छन्।
सोमबार बिहान माथागढी गाउँपालिका–५ बंसिङडाँडाबाट बुटवलतर्फ आउँदै गरेको लु १ ज २२३७ नम्बरको मुस्ताङ पिकअप जिप अनियन्त्रित भई सडकबाट तल खसेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।
प्रहरीका अनुसार देवकुमार घर्तीले चलाएको उक्त जिपमा चालकसहित १० जना सवार थिए। दुर्घटनामा जिपमा सवार सबै १० जना घाइते भएका छन्। घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको छ भने नौ जनाको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।
घाइतेहरूको नाम, थर तथा ठेगाना खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। दुर्घटनामा घाइते सबैलाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल, बुटवल पठाइएको छ।
दुर्घटना कसरी भयो भन्ने विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।
समाज
थप सामाग्री-
साउनको अन्तिम सोमबार पशुपतिनाथमा भक्तजनको घुइँचो, वर्षामै लामबद्ध भएर दर्शन
-
चुनौतीका बीच आईजीपी दानबहादुर कार्कीको दृढ नेतृत्व : प्रहरी संगठन सुधारको अभियानमा अविचलित कार्की
-
सेनाको बन्दोबस्ती खरिदमा प्रश्नै प्रश्न : ५४ करोडको चुस्ता–डीएमएस बुटमा ‘भुक्तानी’ विवाद
-
पुसपछि नेपाल प्रहरीमा बढुवाको ‘ठूलो ढोका’ खुल्दै, डीएसपीसहित ३८ इन्स्पेक्टर बढुवाको तयारी
-
देशभर मनसुनी प्रभाव : विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना
आजको राशिफल : यी राशिका व्यक्तिका लागि दिन शुभ रहनेछ
१ दिन अगाडि
1.4kViews 15 Shares Share on Facebook Share on Twitter मेष मनले चाहेको काममा समय दिन पाउनुहुनेछ। आर्थिक पक्ष सुधार गर्ने…





