

मकवानपुरमा पेस्तोलसहित विभिन्न जिल्लाबाट २१ थान भरुवा बन्दुक बरामद

काठमाडौं । प्रहरीले मकवानपुरसहित विभिन्न जिल्लाबाट पेस्तोल तथा ठूलो संख्यामा अवैध भरुवा बन्दुक बरामद गरेको छ। प्रहरीले मकवानपुरबाट एक थान पेस्तोल र म्यागजिन तथा सिन्धुपाल्चोक, दैलेख र प्युठानबाट २१ थान भरुवा बन्दुक बरामद गरेको हो।
मकवानपुरको बागमती गाउँपालिका–९ बेतनी अगौटेबाट आइतबार राति एक थान पेस्तोल र एक थान म्यागजिन बरामद गरिएको प्रहरीले जनाएको छ। प्रहरी वृत्त नयाँबानेश्वर, काठमाडौंको टोलीले बेतनी अगौटे बस्ने १९ वर्षीय टेकबहादुर सिङतानलाई आइतबार दिउँसो नयाँबानेश्वरबाट नियन्त्रणमा लिएको थियो।
सोधपुछका क्रममा सिङतानले आफ्नो घरमा पेस्तोल लुकाएर राखेको बताएपछि नयाँबानेश्वर र इलाका प्रहरी कार्यालय फापरबारी, मकवानपुरबाट खटिएको संयुक्त प्रहरी टोलीले उनको घरमा तलासी गरेको थियो। तलासीका क्रममा जेब्रा झोलामा लुकाएर राखिएको अवस्थामा पेस्तोल र म्यागजिन फेला परेको प्रहरीले जनाएको छ।
यसैगरी, सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–३ खालेस्थित जङ्गलबाट आइतबार साँझ एक थान एकनाले भरुवा बन्दुक बरामद भएको छ। जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकबाट खटिएको टोलीले उक्त बन्दुक फेला पारेको हो।
दैलेखको ठाटीकाँध गाउँपालिका–१ मानाकोटस्थित मालुकोट सामुदायिक वनबाट पनि आइतबार बेलुकी एक थान अवैध एकनाले भरुवा बन्दुक बरामद गरिएको छ। प्रहरी चौकी ठाटीकाँधबाट खटिएको टोलीले उक्त बन्दुक बरामद गरेको हो।
त्यस्तै, प्युठानको झिमरुक गाउँपालिका–४ चापापानीस्थित सामुदायिक वनको ओढारबाट इलाका प्रहरी कार्यालय औखरबोटको टोलीले आइतबार दिउँसो पाँच थान एकनाले भरुवा बन्दुक बरामद गरेको छ।
प्युठानकै नौबहिनी गाउँपालिका–२ डाँडाकटेरीस्थित मनकामना सामुदायिक वन तथा सुनसरी खोल्साबाट थप १३ थान भरुवा बन्दुक र बन्दुकमा प्रयोग हुने दुई थान नाल बरामद गरिएको प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय लुङबहानेबाट खटिएको टोलीले उक्त हातहतियार बरामद गरेको हो।
प्रहरीका अनुसार विभिन्न स्थानबाट बरामद भएका हातहतियार तथा मकवानपुरबाट पक्राउ परेका सिङतानका सम्बन्धमा थप अनुसन्धान भइरहेको छ। प्रहरीले अवैध हातहतियारको स्रोत र सम्भावित प्रयोगबारे समेत अनुसन्धान अघि बढाएको जनाएको छ।
समाज
थप सामाग्री-
साउनको अन्तिम सोमबार पशुपतिनाथमा भक्तजनको घुइँचो, वर्षामै लामबद्ध भएर दर्शन
-
चुनौतीका बीच आईजीपी दानबहादुर कार्कीको दृढ नेतृत्व : प्रहरी संगठन सुधारको अभियानमा अविचलित कार्की
-
सेनाको बन्दोबस्ती खरिदमा प्रश्नै प्रश्न : ५४ करोडको चुस्ता–डीएमएस बुटमा ‘भुक्तानी’ विवाद
-
पुसपछि नेपाल प्रहरीमा बढुवाको ‘ठूलो ढोका’ खुल्दै, डीएसपीसहित ३८ इन्स्पेक्टर बढुवाको तयारी
-
देशभर मनसुनी प्रभाव : विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना
आजको राशिफल : यी राशिका व्यक्तिका लागि दिन शुभ रहनेछ
१ दिन अगाडि
1.4kViews 15 Shares Share on Facebook Share on Twitter मेष मनले चाहेको काममा समय दिन पाउनुहुनेछ। आर्थिक पक्ष सुधार गर्ने…





