बर्दघाटमा राजमार्ग किनारबाट करिब ३ लाख ८८ हजार रुपैयाँको आयुर्वेदिक औषधि र पटका बरामद

नवलपरासी — पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका–२ चिसापानीस्थित पूर्व–पश्चिम राजमार्गको किनारबाट प्रहरीले ठूलो परिमाणमा आयुर्वेदिक औषधि तथा पटका बरामद गरेको छ।

इलाका प्रहरी कार्यालय बर्दघाटबाट प्रहरी निरीक्षक कृष्ण डाँगीको कमाण्डमा खटिएको गस्ती टोलीले राजमार्गको सडक किनारमा शंकास्पद रूपमा लुकाइछिपाइ राखिएको अवस्थामा ती सामग्री फेला पारेको हो।

प्रहरीका अनुसार बरामद सामग्रीको कुल अनुमानित मूल्य करिब ३ लाख ८८ हजार रुपैयाँ रहेको छ। तीमध्ये करिब २० हजार रुपैयाँ बराबरको पटका रहेको प्रहरीले जनाएको छ।

बरामद आयुर्वेदिक तथा स्वास्थ्यसम्बन्धी सामग्रीमा BREN-UP २६ पिस, BONE HEALTH ३१ पिस, D-TOXI PULS २५ पिस, KEVA MEMORY PULS २० पिस, CHLORO PHYLL ४६ पिस, ADDICTION CARE २३ पिस, MIGRAINE २१ पिस र SLIM CARE २२ पिस रहेका छन्।

प्रहरीको प्रारम्भिक विवरणअनुसार BREN-UP को अनुमानित मूल्य १० हजार ८ सय, BONE HEALTHको ५८ हजार ९ सय, D-TOXI PULSको ४७ हजार ५ सय, KEVA MEMORY PULSको ३८ हजार, CHLORO PHYLLको ८७ हजार ४ सय, ADDICTION CAREको ४३ हजार ७ सय, MIGRAINEको ३९ हजार ९ सय र SLIM CAREको ४१ हजार ८ सय रुपैयाँ रहेको छ।

इलाका प्रहरी कार्यालय बर्दघाटबाट करिब दुई किलोमिटर पश्चिमतर्फ राजमार्ग किनारमा बेवारिसे अवस्थामा भेटिएका सामग्री प्रहरीले बरामद गरी कार्यालयमा ल्याएको जनाएको छ।

बरामद सामग्री आवश्यक प्रक्रिया पूरा गरी भन्सार कार्यालयमा बुझाउने तयारी भइरहेको प्रहरीले जनाएको छ। सामान कसले र कुन उद्देश्यले राजमार्ग किनारमा लुकाएर राखेको थियो भन्ने विषयमा भने प्रहरीले थप अनुसन्धान अघि बढाउने भएको छ।

त्यसैगरी, बरामद आयुर्वेदिक तथा स्वास्थ्यसम्बन्धी सामग्रीको स्रोत, आयात प्रक्रिया र वैधानिकताबारे समेत सम्बन्धित निकायबाट आवश्यक परीक्षण तथा अनुसन्धान हुने प्रहरीले जनाएको छ।

Facebook Comments Box
आजको राशिफल : यी राशिका व्यक्तिका लागि दिन शुभ रहनेछ
१ दिन अगाडि

1.4kViews 15 Shares Share on Facebook Share on Twitter मेष मनले चाहेको काममा समय दिन पाउनुहुनेछ। आर्थिक पक्ष सुधार गर्ने…

TOP
Shares