

पीजी रेजिडेन्ट र इन्टर्नको बढेको निर्वाह भत्ता दिन नसक्ने निजी मेडिकल कलेजको अडान

काठमाडौं । निजी मेडिकल कलेज सञ्चालकहरूले पीजी रेजिडेन्ट चिकित्सक तथा एमबीबीएस/बीडीएस इन्टर्न विद्यार्थीका लागि तोकिएको बढेको निर्वाह भत्ता तत्काल उपलब्ध गराउन नसक्ने बताएका छन्। एसोसिएसन अफ प्राइभेट मेडिकल एन्ड डेन्टल कलेज अफ नेपालले कलेजहरूको आर्थिक अवस्था, पूर्वाधार तथा जनशक्तिमा भएको लगानी र थपिँदै गएको आर्थिक दायित्वका कारण हालको अवस्थामा नयाँ दरअनुसार भत्ता दिन कठिन रहेको जनाएको हो।
एसोसिएसनका अनुसार पीजी रेजिडेन्टको मासिक निर्वाह भत्ता यसअघि २० हजार रुपैयाँ रहेकामा बढाएर ४८ हजार ७३७ रुपैयाँ कायम गरिएको छ। उक्त दर कार्यान्वयन गर्दा निजी मेडिकल कलेज तथा शिक्षण अस्पतालमा ठूलो अतिरिक्त आर्थिक भार पर्ने भन्दै अर्को आधिकारिक निर्णय वा सूचना जारी नभएसम्म थप आर्थिक दायित्वअनुसारको भत्ता उपलब्ध वा भुक्तानी नगर्ने जनाएको छ।
कलेज सञ्चालकहरूले शिक्षण अस्पताल सञ्चालनका लागि भवन, प्रयोगशाला, उपकरण, प्राध्यापक, चिकित्सक तथा अन्य जनशक्तिमा ठूलो लगानी रहेको बताएका छन्। साथै, एमबीबीएस र बीडीएस इन्टर्नसिप रोजगारी नभई शैक्षिक तथा व्यावसायिक प्रशिक्षणको हिस्सा भएकाले यसको भत्ता सम्बन्धी विषयमा सबै पक्षबीच छलफल आवश्यक रहेको उनीहरूको भनाइ छ।
एसोसिएसनले सरकार, चिकित्सा शिक्षा आयोग, मेडिकल कलेज सञ्चालक र विद्यार्थी प्रतिनिधिबीच औपचारिक संवादमार्फत समस्या समाधान गर्न माग गरेको छ। अध्यक्ष डा. ज्ञानेन्द्रमान सिंह कार्कीले तथ्य, आर्थिक प्रभाव र दीर्घकालीन राष्ट्रिय हितलाई आधार बनाएर सहमति खोज्न आफूहरू संवादका लागि तयार रहेको बताएका छन्।
समाज
थप सामाग्री-
साउनको अन्तिम सोमबार पशुपतिनाथमा भक्तजनको घुइँचो, वर्षामै लामबद्ध भएर दर्शन
-
चुनौतीका बीच आईजीपी दानबहादुर कार्कीको दृढ नेतृत्व : प्रहरी संगठन सुधारको अभियानमा अविचलित कार्की
-
सेनाको बन्दोबस्ती खरिदमा प्रश्नै प्रश्न : ५४ करोडको चुस्ता–डीएमएस बुटमा ‘भुक्तानी’ विवाद
-
पुसपछि नेपाल प्रहरीमा बढुवाको ‘ठूलो ढोका’ खुल्दै, डीएसपीसहित ३८ इन्स्पेक्टर बढुवाको तयारी
-
देशभर मनसुनी प्रभाव : विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना
आजको राशिफल : यी राशिका व्यक्तिका लागि दिन शुभ रहनेछ
१ दिन अगाडि
1.4kViews 15 Shares Share on Facebook Share on Twitter मेष मनले चाहेको काममा समय दिन पाउनुहुनेछ। आर्थिक पक्ष सुधार गर्ने…





