

प्युठानमा यात्रुबाहक जीप दुर्घटना, ८ जना घाइते

प्युठान । प्युठानको झिमरुक गाउँपालिका–३ लामासेरास्थित बाग्दुला–गौमुखी सडकखण्डमा यात्रुबाहक जीप दुर्घटना हुँदा ८ जना घाइते भएका छन्।
नारीकोटबाट बाग्दुलातर्फ जाँदै गरेको लु.१ ज ४८३३ नम्बरको नमस्ते प्युठान यातायातको फोर्स जीप ब्रेक फेल भएपछि सडकमा पल्टिएको प्रहरीले जनाएको छ। दुर्घटनाका बेला जीपमा चालकसहित १४ जना सवार थिए।
घाइतेहरूको बिजुवारस्थित निमतारा पोलिक्लिनिकमा उपचार भइरहेको छ। घाइतेमध्ये २८ वर्षीय रबी सुनारलाई थप उपचारका लागि बुटवल रिफर गरिएको प्रहरीले जनाएको छ।
दुर्घटनामा गीता गिरी, सावित्रा परियार, लक्ष्मी विक, रबी सुनार, सीता रोका, १० वर्षीय रबिन रोका, ५ वर्षीय सरप्राइज केसी र गुल्मी मदाने–१ की शान्ता परियार घाइते भएका छन्। जीप चालक गौमुखी गाउँपालिका–७ नारीकोटका २५ वर्षीय ऋषीराम केसीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
समाज
थप सामाग्री-
देवानगञ्ज घटनामा सरकारलाई अल्टिमेटम, शहीद घोषणा र राहत–रोजगारी तत्काल दिन माग
-
भक्तपुरमा ६३० दिवसीय विश्व शान्ति विराट ज्ञान महायज्ञ जारी
-
साउनको अन्तिम सोमबार पशुपतिनाथमा भक्तजनको घुइँचो, वर्षामै लामबद्ध भएर दर्शन
-
चुनौतीका बीच आईजीपी दानबहादुर कार्कीको दृढ नेतृत्व : प्रहरी संगठन सुधारको अभियानमा अविचलित कार्की
-
सेनाको बन्दोबस्ती खरिदमा प्रश्नै प्रश्न : ५४ करोडको चुस्ता–डीएमएस बुटमा ‘भुक्तानी’ विवाद
पुसपछि नेपाल प्रहरीमा बढुवाको ‘ठूलो ढोका’ खुल्दै, डीएसपीसहित ३८ इन्स्पेक्टर बढुवाको तयारी
२ दिन अगाडि
2.2kViews 30 Shares Share on Facebook Share on Twitter काठमाडौं । नेपाल प्रहरीमा प्रहरी नायब उपरीक्षक (डीएसपी)देखि प्रहरी वरिष्ठ उपरीक्षक…





