बुधबार दुई संसदीय समितिको बैठक बस्दै, रसुवा बाढीको पर्यटन प्रभावदेखि विशेष सेवा विधेयकसम्म छलफल

काठमाडौं । बुधबार संघीय संसद्का दुई वटा संसदीय समितिको बैठक बस्ने भएको छ।
संघीय संसद् सचिवालयका अनुसार अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्न लागेको हो।
अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठक बिहान ९ः३० बजे बस्नेछ। बैठकमा रसुवामा आएको बाढी तथा पहिरोका कारण पर्यटन क्षेत्रमा परेको प्रभावका विषयमा छलफल हुने कार्यसूची रहेको छ।
त्यस्तै, विधायन व्यवस्थापन समितिको बैठक दिउँसो १२ः१५ बजे बस्नेछ। बैठकमा ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउनेसम्बन्धी विधेयक, २०८३’ माथि दफावार छलफल गरिने संघीय संसद् सचिवालयले जनाएको छ।
दुवै समितिका बैठकमा सम्बन्धित विषयमा छलफल गरी आवश्यक निष्कर्ष निकाल्ने तयारी गरिएको छ।

Facebook Comments Box
कागे अष्टमीमा कागेश्वरी महादेव मन्दिरमा भक्तजनको घुइँचो, काग दोष निवारणको विश्वास
१ दिन अगाडि

1.3kViews 15 Shares Share on Facebook Share on Twitter काठमाडौं । प्रत्येक वर्ष भाद्र शुक्ल अष्टमीका दिन मनाइने कागे अष्टमी…

TOP
15 Shares