

सरकारी गाडीसहित क्यासिनो पुगेका सखुवा प्रसौनी अध्यक्ष जसवन्त यादव पक्राउ

वीरगञ्ज । पर्साको सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष जसवन्त यादव सरकारी गाडी प्रयोग गरेर वीरगञ्जस्थित क्यासिनो पुगेको अवस्थामा पक्राउ परेका छन्।
गण्डकस्थित क्लार्क रिसोर्ट होटलको क्यासिनोबाट वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको प्रहरी टोलीले यादवलाई नियन्त्रणमा लिएको हो। प्रहरीले क्यासिनो परिसरबाट गाउँपालिकाको सरकारी गाडी ना.१ झ १६८७ नम्बरको स्कोर्पियो समेत नियन्त्रणमा लिएको छ।
सरकारी जिम्मेवारीमा रहेका जनप्रतिनिधि क्यासिनो परिसरमा सरकारी सवारीसाधनसहित भेटिएपछि प्रहरीले यादवलाई गाडीसमेत नियन्त्रणमा लिएर वडा प्रहरी कार्यालय श्रीपुरमा ल्याएको जनाएको छ।
यादवलाई नियन्त्रणमा लिएपछि सरकारी सवारीसाधनको प्रयोग, क्यासिनोमा उनको उपस्थितिको उद्देश्य तथा घटनासँग सम्बन्धित अन्य विषयमा प्रहरीले अनुसन्धान अघि बढाएको छ।
जनताको सेवाका लागि प्रयोग हुनुपर्ने सरकारी गाडी क्यासिनो परिसरमा भेटिएपछि गाउँपालिका अध्यक्ष यादवको भूमिकामाथि गम्भीर प्रश्न उठेको छ। घटनाबारे प्रहरीले अनुसन्धान पूरा गरेपछि थप तथ्य सार्वजनिक हुने अपेक्षा गरिएको छ।
समाज
थप सामाग्री
रसुवाको बाढीमा देशको ध्यान, बिर्तामा घुमुवा प्रहरीमाथि तस्करी संरक्षण र ‘असुली’को आरोप
१ दिन अगाडि
1.2kViews 15 Shares Share on Facebook Share on Twitter वीरगन्ज । देशको ध्यान रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढी, उद्धार…





