

थेराङ खोलाको बाढीले चार घर र झोलुङ्गे पुल बगायो

गोरखा । गोरखाको हिमाली भेगस्थित चुमनुब्री गाउँपालिका–४ र २ भएर बग्ने थेराङ खोलामा आएको बाढीले चार घर र एक झोलुङ्गे पुल बगाएको छ।
आइतबार बिहान आएको बाढीले चुमनुब्री–४ स्थित नाम्रुङकानुर्वु ओङ्ग्याल (नुर्वु छिरिङ), उर्गेन छयोदेन, लाक्पा भुटी र दोर्जे ग्याल्जेनको घर बगाएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक राजकुमार श्रेष्ठका अनुसार बाढीबाट मानवीय क्षति भने भएको छैन। बाढी आउन लागेको थाहा पाएपछि स्थानीयवासी सुरक्षित स्थानतर्फ भागेर ज्यान जोगाउन सफल भएका थिए।
बाढीले सोही क्षेत्रमा रहेको झोलुङ्गे पुलसमेत बगाएको छ। पुल बगेपछि मनास्लु पदयात्रामा रहेका पर्यटक तथा स्थानीयवासीको आवतजावत प्रभावित भएको जनाइएको छ। चुमनुब्री गाउँपालिकाका अध्यक्ष निमा लामाले तत्कालका लागि पैदल आवतजावत गर्न मिल्ने गरी स्थानीयस्तरबाट वैकल्पिक व्यवस्था गर्न सकिने बताएका छन्।
सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माका अनुसार खोलाको मुहानतर्फ केही समय पानी थुनिएर लेदोसहित एक्कासि बाढी आएका कारण क्षति भएको हो।
थेराङ खोला बूढीगण्डकी नदीमा मिसिने भएकाले बूढीगण्डकीको तटीय क्षेत्रमा बसोबास गर्ने स्थानीयवासीलाई सतर्क रहन आग्रह गरिएको प्रशासनले जनाएको छ।
समाज
थप सामाग्री
रसुवाको बाढीमा देशको ध्यान, बिर्तामा घुमुवा प्रहरीमाथि तस्करी संरक्षण र ‘असुली’को आरोप
१ दिन अगाडि
1.3kViews 15 Shares Share on Facebook Share on Twitter वीरगन्ज । देशको ध्यान रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढी, उद्धार…





